समझदारीमा अघि बढ्न प्रचण्डलाई राष्ट्रपतिको सुझाव
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भएको सो भेटमा उनीहरुबीच व्यवस्थापिका–संसद्मा संविधानका बारेमा उठिरहेका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुबीच राम्रो समझदारी बनी मुलुक सहज निकासतर्फ अग्रसर होस् भन्ने आफ्नो चाहना रहेको बताएको अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।
राष्ट्रपति भण्डारीले सबै पक्षसँग छलफल गरेर सहज समाधान निकाल्नेतिर आफ्नो भूमिका रहने विश्वास अध्यक्ष प्रचण्डलाई दिलाएका थिए ।
भेटमा अध्यक्ष प्रचण्डले सदनमा रहेको अविश्वासको प्रस्तावमाथिको छलफलपछि के हुन्छ हेर्न बाँकी छ भन्दै सबै कुरालाई सकारात्मक ढङ्गबाट छिटो निकास निकाल्न आफू प्रयासरत रहेको बताएको जानकारी गराए ।
प्रचण्डले परम्परा, अभ्यास र संविधानको मूल मर्म र भावनानुरुप सहज ढङ्गले नै अघि बढ्नुपर्छ र बढ्ने बताए । भेटमा उनले अविश्वासको प्रस्ताव पारित भयो भने वर्तमान प्रधानमन्त्री स्वतः पदमुक्त हुने र नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण