शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

समझदारीमा अघि बढ्न प्रचण्डलाई राष्ट्रपतिको सुझाव

आइतबार, ०९ साउन २०७३, १३ : ०५
आइतबार, ०९ साउन २०७३

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भएको सो भेटमा उनीहरुबीच व्यवस्थापिका–संसद्मा संविधानका बारेमा उठिरहेका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुबीच राम्रो समझदारी बनी मुलुक सहज निकासतर्फ अग्रसर होस् भन्ने आफ्नो चाहना रहेको बताएको अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।

राष्ट्रपति भण्डारीले सबै पक्षसँग छलफल गरेर सहज समाधान निकाल्नेतिर आफ्नो भूमिका रहने विश्वास अध्यक्ष प्रचण्डलाई दिलाएका थिए ।

भेटमा अध्यक्ष प्रचण्डले सदनमा रहेको अविश्वासको प्रस्तावमाथिको छलफलपछि के हुन्छ हेर्न बाँकी छ भन्दै सबै कुरालाई सकारात्मक ढङ्गबाट छिटो निकास निकाल्न आफू प्रयासरत रहेको बताएको जानकारी गराए ।

प्रचण्डले परम्परा, अभ्यास र संविधानको मूल मर्म र भावनानुरुप सहज ढङ्गले नै अघि बढ्नुपर्छ र बढ्ने बताए । भेटमा उनले अविश्वासको प्रस्ताव पारित भयो भने वर्तमान प्रधानमन्त्री स्वतः पदमुक्त हुने र नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप