शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको अनुसन्धानमा रहेका १९ चिकित्सकमा १८ जना सम्पर्कमा

आइतबार, ०९ साउन २०७३, १३ : १०
आइतबार, ०९ साउन २०७३

भद्रपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् ।

आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३ चिकित्सकमाथि उजुरी परेको थियो । उजुरीका आधारमा छानबिनमा परेका ती चिकित्सकमा भुटानी डिके आचार्य बाहेक सबै चिकित्सक आआफ्ना प्रमाणपत्र सहित कार्यालयको सम्पर्कमा आइसकेका छन् ।

उनीहरुको प्रमाणपत्र छानबिन सम्बन्धित निकायले गर्ने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप