शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली : भट्टराई

आइतबार, ०९ साउन २०७३, १३ : ४१
आइतबार, ०९ साउन २०७३

पोखरा - नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईल जनअपेक्षानुरुप आर्थिक समृद्धि र विकासमा देशलाई लैजानुपर्नेमा पुराना राजनीतिक दल पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहेको आरोप लगाए ।

गत २६ वर्षमा २३ पटक सरकार परिवर्तन भएको बताउँदै उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीको त्रुटिका कारण समस्या आएकाले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम हुनुपर्ने धारणा राखे ।

नेपालमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक रुपले अन्तरनिर्भरता भएमा मात्र देश सबल बन्ने उनको भनाइ छ । अब बन्ने सरकारले विद्यमान मधेसी, जनजाति लगायतका मागलाई सम्बोधन गर्दै सीमाङ्कन लगायत विषयलाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप