अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली : भट्टराई
पोखरा - नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईल जनअपेक्षानुरुप आर्थिक समृद्धि र विकासमा देशलाई लैजानुपर्नेमा पुराना राजनीतिक दल पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहेको आरोप लगाए ।
गत २६ वर्षमा २३ पटक सरकार परिवर्तन भएको बताउँदै उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीको त्रुटिका कारण समस्या आएकाले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम हुनुपर्ने धारणा राखे ।
नेपालमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक रुपले अन्तरनिर्भरता भएमा मात्र देश सबल बन्ने उनको भनाइ छ । अब बन्ने सरकारले विद्यमान मधेसी, जनजाति लगायतका मागलाई सम्बोधन गर्दै सीमाङ्कन लगायत विषयलाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण