राष्ट्रिय सहिद स्मारक निर्माण समय चार वर्ष थप
काठमाडौँ - मुलुकमा स्वतन्त्रता प्राप्तिका लागि बलिदानी दिने सहिदका नाममा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकको समय चार वर्ष थपिएको छ ।
शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले यही साउन ७ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०७७ जेठ ११ गतेसम्म स्मारक निर्माणको समय थप्नुभएको हो । चारवर्षीय अवधिमा सहिद स्मारकका सम्पूर्ण संरचनासहित पाँच सहायक स्मारक पनि निर्माण गरिसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव चन्द्रकान्त पौडेल सहिद स्मारक निर्माणलाई सहज र छिटो गर्न राष्ट्रिय सहिद तथा शान्ति स्मारक निर्माण एवम् व्यवस्थापन कार्यविधि २०७२ स्वीकृत गरिएको जानकारी दिए ।
यसअघि विसं २०७२ चैत मसान्तसम्म स्मारकका सबै संरचना निर्माण सकी विसं २०७३ वैशाख १ गते सञ्चालनमा ल्याउनुपर्ने समय तोकिएकामा भूकम्प, नाकाबन्दी एवम् ठेकेदारको ढिलासुस्तीले काम सम्पन्न गर्न नसकिएको अध्यक्ष सुदर्शन सिग्देलले राससलाई जानकारी दिए ।
“स्मारकमा सहिदको सम्झनामा स्मृतिस्थल र सङ्ग्रहालय बन्नेछ, पाँच वटा सहायक स्मारकमा बूढानीलकण्ठ नगरपालिकाको पञ्चकन्या सामुदायिक वनमा विसं २००७ देखि २०४६ सम्मका सहिदको स्मृतिमा स्मारक, बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका पुतलीडाँडा, गुठसल्लाघारी, गाम्चा र बाटुलेसिम सामुदायिक वन र बूढानीलकण्ठ नगरपालिकाको रातमाटे सामुदायिक वनमा पृथ्वीनारायण शाहको गढीको पुनःनिर्माण, खेलकुदग्राम र सशस्त्र जनयुद्धका सहिदको स्मारक बनाइनेछ”–उनले भने । गोकर्णेश्वर नगरपालिकाको चिहानडाँडा सामुदायिक वनमा मधेस आन्दोलनका सहिदको सम्झनामा स्मारक र कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट सामुदायिक वनमा लोकतान्त्रिक आन्दोलनका सहिदको सम्झनामा स्मारक चारवर्षीय अवधिमै सम्पन्न हुनेछ ।
मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रको ६५० रोपनी क्षेत्रफलमा राणा शासनको अन्त्यदेखि हालसम्मका सहिदको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णय अनुरुप निर्माण कार्य भइरहेको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाका रुपमा सहिद स्मारक निर्माण भइरहेको हो । राष्ट्रिय प्राथमिकताप्राप्त योजनाका रुपमा स्मारक निर्माणको काम भएको निर्माण समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण