भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक
आइतबार, ०९ साउन २०७३, १५ : १५
काबुल – अफगानिस्तानमा आज राष्ट्रिय शोक घोषणा गरिएको छ ।
अफगानिस्तको राजधानी काबुलको देमाजाङ्ग चोकमा शनिबार एक शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदायबीच गराइएको दुई वटा आत्मघाती आक्रमणमा कम्तीमा ८० व्यक्तिको मृत्यु भएपछि आज देशभरी राष्ट्रिय शोकको घोषणा गरिएको हो ।
आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको यस आक्रमणमा अन्य २३१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।
राजधानी काबुलको देमाजाङ्ग चोकमा सिया समुदायका हजारौँ समूहले शनिबार निकालेको शान्तिपूर्ण जुलुस प्रदर्शनलाई लक्षित सो आक्रमण भएको थियो ।
अफगान गृहमन्त्रालयले १० दिनको सार्वजनिक भेला र प्रर्दशनलाई प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले फेरि गर्यो कीभमा आक्रमण, पाँच युक्रेनी गाउँ कब्जा गरेको दाबी
-
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
-
जसपा नेपालले आजै निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्ने
-
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
-
पाकिस्तान प्रशासित काश्मीरमा मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमा एक प्रहरीको मृत्यु
-
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री