भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक
आइतबार, ०९ साउन २०७३, १५ : १५
काबुल – अफगानिस्तानमा आज राष्ट्रिय शोक घोषणा गरिएको छ ।
अफगानिस्तको राजधानी काबुलको देमाजाङ्ग चोकमा शनिबार एक शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदायबीच गराइएको दुई वटा आत्मघाती आक्रमणमा कम्तीमा ८० व्यक्तिको मृत्यु भएपछि आज देशभरी राष्ट्रिय शोकको घोषणा गरिएको हो ।
आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको यस आक्रमणमा अन्य २३१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।
राजधानी काबुलको देमाजाङ्ग चोकमा सिया समुदायका हजारौँ समूहले शनिबार निकालेको शान्तिपूर्ण जुलुस प्रदर्शनलाई लक्षित सो आक्रमण भएको थियो ।
अफगान गृहमन्त्रालयले १० दिनको सार्वजनिक भेला र प्रर्दशनलाई प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण