अमरेश सिंहलाई कारबाही गर्न एमालेको भातृसंगठनको माग
काठमाडौँ - युवा सङ्घ नेपालले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको स्वास्थ्यलाई आपत्तिजनक भनेर अभिव्यक्ति दिने सांसद अमरेश सिंहलाई कारबाहीको माग गरेको छ ।
सङ्घले सिंहको नागरिकता पनि छानबिन गरी वास्तविकता पत्ता लगाउन माग गर्दै नयाँ बानेश्वर तथा त्यस आसपास क्षेत्रमा आज विरोध प्रदर्शन गरेको थियो ।
करिब एक घन्टासम्म गरिएको प्रदर्शनमा सहभागीले राष्ट्रियताका पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने सन्देश प्रचार गरेका थिए । सङ्घका अध्यक्ष राजीव पहारीले जनप्रतिनिधि सिंहलाई आफूले दिएको अभिव्यक्तिलाई प्रमाणित गर्न आग्रह गर्दै त्यसो हुन नसके उनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने तथा उनलाई सभामुखले निलम्बन गर्नुपर्ने माग गरे ।
सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले देशको राष्ट्रियता बलियो बनाउन युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
संसद्मा नेकपा (एमाले) का नेताहरुले त्यसको विरेध गरेपछि सभामुखले संसद्को अभिलेखबाट सो अभिव्यक्ति हटाउन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण