शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अमरेश सिंहलाई कारबाही गर्न एमालेको भातृसंगठनको माग

आइतबार, ०९ साउन २०७३, १६ : २०
आइतबार, ०९ साउन २०७३

काठमाडौँ - युवा सङ्घ नेपालले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको स्वास्थ्यलाई आपत्तिजनक भनेर अभिव्यक्ति दिने सांसद अमरेश सिंहलाई कारबाहीको माग गरेको छ ।

सङ्घले सिंहको नागरिकता पनि छानबिन गरी वास्तविकता पत्ता लगाउन माग गर्दै नयाँ बानेश्वर तथा त्यस आसपास क्षेत्रमा आज विरोध प्रदर्शन गरेको थियो ।

करिब एक घन्टासम्म गरिएको प्रदर्शनमा सहभागीले राष्ट्रियताका पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने सन्देश प्रचार गरेका थिए । सङ्घका अध्यक्ष राजीव पहारीले जनप्रतिनिधि सिंहलाई आफूले दिएको अभिव्यक्तिलाई प्रमाणित गर्न आग्रह गर्दै त्यसो हुन नसके उनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने तथा उनलाई सभामुखले निलम्बन गर्नुपर्ने माग गरे ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले देशको राष्ट्रियता बलियो बनाउन युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संसद्मा नेकपा (एमाले) का नेताहरुले त्यसको विरेध गरेपछि सभामुखले संसद्को अभिलेखबाट सो अभिव्यक्ति हटाउन निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप