यार्सागुम्बाबाट एक करोड राजस्व
भीमदत्तनगर - सुदूरपश्चिममा यार्सागुम्बा सङ्कलनबाट आर्थिक वर्ष २०७२/७३ मा रु एक करोड १९ हजार ५०० राजस्व सङ्कलन भएको छ ।
यार्सा सङ्कलन हुने सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ र दार्चुलामा गरी हालसम्म तीन क्विन्टल ६६ किलो यार्सा जिल्ला बाहिर निर्यातका लागि छुटपूर्जी लिइएको छ । अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका अनुसार गत असार मसान्तसम्म जिल्लाबाट दुई क्विन्टल ५७ किलो यार्साको छुटपूर्जी लिइएको छ ।
जिल्लाबाहिर लैजान प्रतिकिलो यार्साको रु २५ हजारका दरले छुटपूर्जीबापत व्यापारीले राजस्व बुझाउने गरेका छन् । अपि नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दका अनुसार छुटपूर्जी लिने आउने क्रम आगामी असोज महिनासम्म चलिरहन्छ । जिल्लामा दुई क्विन्टल ५७ किलोको रु ७४ लाख ३० हजार राजस्व सङ्कलन भएको र छुटपूर्जी लिन आउने क्रम जारी रहेकाले राजस्व बढ्ने चन्दको भनाइ छ ।
त्यसैगरी बझाङ्मा एक क्विन्टल नौ किलो यार्साको छुटपूर्जीबापत रु २७ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । जिल्ला वन कार्यालयका नायब सुब्बा गजाधर जोशीका अनुसार अहिलेसम्म व्यापारीले एक क्विन्टल नौ किलो यार्साको छुटपूर्जी लिएका छन् । “विगत वर्षको तुलनामा यार्सा सङ्कलनमा कमी आएको छ,” उनले भने ।
दार्चुलाको घुसा, खण्डेश्वरी, सित्तोला, गुल्जर, ब्याँस र राप्ला गाविसमा तथा बझाङको काँडा, धमेना, सुनिकोट, दउचौर, दहबगर र सुर्मा गाविसमा बर्सेनि जेठदेखि साउन पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण