नियमविपरीत सञ्चालनमा रहेका कालिमाटीको ६० वटा तरकारी पसल हटाइयो
काठमाडौँ - नियमविपरीत सञ्चालन हुँदै आएको कालिमाटीको झन्डै ६० वटा तरकारी पसल भत्काउने काम सुरु भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समिति, स्थानीय बासिन्दा र व्यवसायी मिलेर आजबाट उक्त तरकारी पसल भत्काउने काम सुरु गरिएको हो ।
झन्डै पाँच वर्षदेखि उक्त स्थानमा पसल सञ्चालन गर्दै आउँदा स्थानीय बासिन्दा र उक्त स्थानमा रहेका अन्य व्यवसायीलाई समेत समस्या परेकाले उक्त पसल हटाउन सुरु गरेको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
निर्देशक पौडेलका अनुसार अव्यवस्थितरुपमा पसल सञ्चालन गर्दा फोहर पनि अत्याधिक रुपमा बढेकाले समितिले बजार सुधार गर्न त्यस्ता पसल हटाउन बाध्य बन्नु परेको हो ।
भत्काउन लागिएको ६० वटा पसलले समितिमा सम्झौता नै नगरी सञ्चालन गर्दै आएका थिए ।
पसल निर्माण गर्दाको समय समिति चुपचाप बसेको र अहिले बिनासूचना आएर आफ्नो गरिखाने भाँडो खोसेको भन्दै व्यवसायी भने आक्रोसित बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण