मकवानपुरमा पहिरो : ससुरालीमा बस्दै आएका टेकबहादुरको परिवारका तीनै जनाको मृत्यु
मङ्गलबार, ११ साउन २०७३, १० : २२
काठमाडौं–मकवानपुरको भिमफेदी–५ मा आज बिहान ४ बजे गएको पहिरोमा परी ३ जनाको घटनास्थलकै मृत्यु भएको छ ।
मनमाया साङताङ (सासु) को घरमा बस्दै आएका अन्दाजी २३ वर्षीया पार्वती रुम्बा (छोरी), अन्दाजी ३१ वर्षीय टेकबहादुर रुम्बा (ज्वाई) र अन्दाजी ७ वर्षीय विकास रुम्बा (नाती)को मृत्यु भएको हो ।
प्रहरीका अनुसार मनमायाको २ वटा घर भएपनि उनी ज्वाईछोरीसँग छुट्टै अर्को गोठजस्तो घरमा बस्दै आएकी थिइन् ।
घटना घटेको जानकारी भएलगत्तै घटनास्थलमा पुगेर प्रहरीले तत्कालै पहिरोबाट बाहिर निकाल्दा उनीहरुको मृत्यु भइसकेको जानकारी दिएको छ ।
पहिरोबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरीको टोली पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण