आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले उपमहानगरपालिकाका कर्मचारीलाई बगायो

मङ्गलबार, ११ साउन २०७३, १३ : ५१
मङ्गलबार, ११ साउन २०७३

राजविराज - तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको कोइलाडी बर्साइनस्थित जिता खोलामा आएको बाढीले आज एक कर्मचारीलाई बगाएको छ ।

मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादवलाई बाढीले बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

हनुमानगरस्थित फोरवाड संस्थामा कार्यरत २३ वर्षीय यादव उक्त संस्था मार्फत कोइलाडी बर्साइनमा रकम असुल्नका लागि जाने क्रममा जिता खोलाले बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप