बाढीले उपमहानगरपालिकाका कर्मचारीलाई बगायो
मङ्गलबार, ११ साउन २०७३, १३ : ५१
राजविराज - तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको कोइलाडी बर्साइनस्थित जिता खोलामा आएको बाढीले आज एक कर्मचारीलाई बगाएको छ ।
मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादवलाई बाढीले बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
हनुमानगरस्थित फोरवाड संस्थामा कार्यरत २३ वर्षीय यादव उक्त संस्था मार्फत कोइलाडी बर्साइनमा रकम असुल्नका लागि जाने क्रममा जिता खोलाले बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण