आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सदन सरकार बनाउन र गिराउन व्यस्त : बाढी डुबान र पहिरोले जनता बिचल्ली’

मङ्गलबार, ११ साउन २०७३, १४ : ३३
मङ्गलबार, ११ साउन २०७३

काठमाडौँ - निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पु¥याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनीहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पु¥याउन समेत ध्यान नदिएको गुनासो गरे ।

सभामुख ओनसरी घर्तीसित समय लिई सांसदले बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाए । बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत उनीहरुले माग गरे ।

सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुुबान तथा बाढीपीडितलाई सरकारले राहत पु¥याउन नसकेको आरोप लगाए । सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भूभाग डुबानमा परेको हुँदा सरकारले उद्धार तथा राहत पु¥याउन नसकेको बताए ।

सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौँ जनता बिचल्ली परेको जानकारी दिए ।

सांसद डा सुबोधकुमार पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलका शीर्ष नेताले ध्यान जानुपर्ने बताए । सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी हुन्छ तर पूर्वतयारी केही हुँदैन भन्ने आरोप लगाए ।

सांसद डिल्लीराज काफ्लेले सरकारले बाढीपहिरोपीडित जनतलाई राहत र उद्धारमा ध्यान दिनुपर्छ भने ।

सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गरे ।

सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षात्ले पहिरो जाँदा एक जनाको मृत्यु भएको बताउँदै अन्नभण्डारको क्षेत्रका रुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।

सांसद सकलदेव सुतियारले सप्तरी जिल्लाको गोबर गाँडागाउँ पूरै डुबानमा परेको हुँदा उद्धारमा सरकारको ध्यान जाओस् भन्नुभयो । सांसद क्रृषिकेश पोखरेल, नरसिंह चौधरी र अशोककुमार मण्डलले सरकारले बाढीपहिरो र डुुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्सेनि यस्ता समस्या आउने गरेको बताए ।

सांसद हरिप्रसाद नेपालले कालीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दिलशोभा पुन र सीताराम महतोले बाढीपहिरो र डुुबानपीडितलाई राहत पु¥याउन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप