नारायणीमा खतराको सङ्केत
कावासोती - लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ । नारायणीमा पानीको सतह बढेपछि गँैंडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्रका बासिन्दामा खैलाबैला मच्चिएको छ । बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही बढी कटान र डुबान गर्न सक्ने भन्दै स्थानीय बासिन्दाले सुरक्षित गन्तव्य रोजेका छन् ।
“खतराको सङ्केत देखियो हामीले सबै हिसाबले सुरक्षित हुने उपाय अपनाएका छाँैं” प्रजिअ महादेव पन्थले भने, “बाढी मापन केन्द्रमा लगातार साइरन बजेकोछ हामी त्यसलाई नियालेका छाँैं, अब पानीको सतह ८ दशमलव ४ मिटर भए बाढीले ठूलो क्षति पु¥याउन सक्ने हँुदा क्षति रोक्ने उपाय अपनाएका छौँ । ” भारतसँग सीमा जोडिएका नवलपरासीका हरपुर, रामपुर खडौना, बडहरा, दुबौलिया, भुजहवा गाविससहित १३ गाविस जलमग्न बनेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणीस्थित गण्डक बाँधमा पानी तीन लाख ४८ हजार क्युसेक लिटर प्रतिसेकेन्ड बहाव रहेको र त्यो बढ्दो क्रममा भएको त्रिवेणीका सुरज कोहारले बताउनुभयो । नदीमा पानीको सतह घटेको छैन । ब्यारेजका ढोका नखोल्दा बगाउने र बङ्ग्याउने खतरा बढेपछि भारतले आफ्नो सुरक्षाका लागि सबै ढोका खोलेको छ । भारतले त्रिवेणीस्थित नारायणी नदीमा बाँध बनाएर उत्तर प्रदेश र बिहारमा सिँचाइका लागि लगेको गण्डक नहरमा पानी बन्द गरेको छ । नहरका ढोका खोलिएपछि गण्डक नहरको १३ नं स्परमा बढी क्षति पुगेको छ । नर्सही र बेलाटारी प्रहरीले सतर्क रहन स्थानीयवासीलाई माइक मार्फत सूचना प्रवाह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण