बबी देओल बने डिजेः यस्तो गीत बजाए कि हंगामा मच्चियो, सबैले पैसा फिर्ता मागे
शुक्रबार, १० भदौ २०७३, १५ : ०२
बबी देओललाई नायकको रुपमा सबैले चिन्नुभएकै होला तर के तपाईंलाई थाहा छ, उनी अहिले डिजे बनिसकेका छन् । आफूभित्र लुकेको डिजेको यही प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित बबी देवल दिल्लीको एक क्लबमा गए । तर उनको यो प्रतिभाले मानिसहरु ऊर्जावान् बनाएर नचाउनुको साटो मानिसहरुलाई यतिसम्म बोर बनायो कि उनीहरुले टिकटको पैसा फिर्ता मागेका छन् ।
डेक्कन क्रोनिकल्सको रिपोर्ट अनुसार दिल्लीको एक हाई–फाई क्लबमा जब बबी डेओल डिजे हुने कुरा सार्वजनिक भयो तब त्यसको टिकट पुरै सोल्ड आउट भएको थियो । तर डीजे नाइटमा बबीले आफ्नो फिल्म ‘गुप्त’ (१९९७) को गीत बजाइरहे । पटक–पटक एउटै फिल्मको गीत सुन्दा त्यहाँ उपस्थित मानिसहरु बोर हुन थाले । उनीहरुले त्यहाँ हंगामा मच्चाउन सुरु गरे । यतिमात्र होइन, डिजे नाइटमा मस्ती गर्ने उद्देश्यसहित आएका मानिसहरु आयोजकसँग आफ्नो टिकटको पैसा माग्न सुरु गरे । टिकटको मूल्य २५ सयदेखि ४ हजारसम्म तय गरिएको थियो ।
स्रोतलाई मान्ने हो भने हंगामा बढ्ने डरले बबी देओल कार्यक्रमको बिचमा नै त्यहाँबाट फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण