शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आफैंले बोकेको राइफल पड्काएर प्रहरीद्वारा आत्महत्या

शनिबार, १७ असार २०७४, ११ : ०६
शनिबार, १७ असार २०७४

सिरहा– सिरहा नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षाका लागि खटिएका एक प्रहरी जवानले शनिबार बिहान आफैंले बोकेको राइफल पड्काएर आत्महत्या गरेका छन् । 


जिल्ला समन्वय समितिको कार्यालयसँगै टाँसिएको कर्मचारी मिलन केन्द्रस्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा रहेको शौचालयमा ३५ वर्षीय प्रहरी जवान गोबद्र्धन खत्रीले आफैले बोकेको राइफलले गोली हानेर  आत्महत्या गरेका हुन् । 


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले शौचालयमा गोली पड्किएको आवाज आएपछि अन्य प्रहरी गएर हेर्दा रक्ताम्य अवस्थामा खत्रीको शव मृत्यु भइसकेको अवस्थामा भेटिएको जानकारी दिए । 


प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार पछिल्लो वैशाखको दोस्रो हप्तादेखि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षार्थ खटिंदै आएका उदयपुरको त्रियुगा नगरपालिका ११ जलजले घर भएका खत्रीको शव घटनास्थमै रहेको छ ।

घटनास्थल प्रकृति मुचुल्का उठाएर खत्रीको शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पतालमा लगिने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । घटनाको अन्य कारण खुलिनसकेको र आवश्यक अनुसन्धान भईरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप