जाडोमा दमले सताउँदैछ ? विशेषज्ञ भन्छन्, दमबाट यसरी बचौँ
शनिबार, ११ मङ्सिर २०७३, १२ : ११
नेपालमा दमका बिरामी हरेक बर्ष बढिरहेका छन् । दमबाट पीडित कति छन भनेर यकीन संख्या सरकारसंग पनि छैन । धेरै नेपालीलाई दमले चाहिँ सताएको छ । बंशाणुगत गुण र वातवरण दुबैबाट सार्ने भएकाले पनि दमका बिरामीकोे संख्या बढ्दो छ । विशेष गरेर उमेर ढल्कदै गएपछि र जाडो याममा दमले बढी चाप्ने गर्दछ ।
दम आफैमा रोग नभएर कुनै रोगको लक्षण हो । दमकै कारण अकालमै मृत्यु हुनेको संख्या बढिरहेका बेला दम केहो र यसबाट कसरी बच्ने भने ?
विशेषज्ञ डा.केदार नरसिंह केसीका सुझाब यस्ता छन् ।
दम के हो ?
धेरैमा भ्रण हुन सक्छ दम कुनै रोग हो । तर होइन्, दम धेरै प्रकारका हुन्छन् । यो त कुनै रोगको लक्षण हो ।
फोक्सोमा विभिन्न खाले रोग लाग्छ यही रोगकै कारण श्वास फेर्न असजिलो हुने, गाह्रो हुने अबस्थानै दम हो । दम बुढाबुढीलाई मात्र लाग्छ भन्ने हैन् । बच्चाहरुमा पनि आमाको रोग छ भने श्वास फेर्न गाह्रो हुन्छ ।
प्रायःलाई क्रोनिक ब्रोन्काइटिस भएर दम लाग्ने गर्दछ । चुरोट खाने, भान्सामा धुँवामा बस्ने र बढी र धुवा धुलो भएको वातवरणमा बस्नाले दम हुने गर्दछ ।
दम लाग्ने कारण
-शशीरमा विभिन्न खालका रोग लागेको छ भने, त्यसको लक्षण दम देखा पर्छ ।
- फोक्सोमा संक्रमण हुनु, छातीमामा पानी जम्नु ,स–साना ट्युमर देखा पर्नु वा क्यान्सर लाग्यो भाने दम हुन्छ ।
- धुम्रपान, बढी धँुवा, धुलोमा बस्ने मानिसमा दम हुन्छ ।
दमका लक्षण
- सुरुमा देखिने लक्षण भनेकै लगातार खोकी लाग्ने, खोक्दा खकार निस्कने, श्वास फेर्न गाह्रो हुने ।
- हिड्दा वा उकालो ओरालो गर्दा श्वास छिटो–छिटो हुने ।
- कसैलाई अत्याधिक छाती दुख्ने र खोक्दा रगत आउने ।
- चिसोमा बढी श्वास प्रश्वासमा समस्या पर्ने हुदा कसैकसैमा मुर्छा पर्ने हुनसक्छ ।
दमको रोगथाम
- दमको रोगथाममा स्वयं व्यक्तिनै सचेत भयो भने धेरै कम गर्न सकिन्छ । छातीकै कारण दम लाग्ने हुदा सानो उमेर देखिनै छातीलाई संक्रमण हुनबाट बचाउनु पर्दछ ।
-धुम्रपान, मध्यपानबाट टाडै रहनु पर्छ ।
-आगोबाट निस्कने वा वातवरणमा हुने धुवा धुलोबाट बच्नु पर्दछ ।
-बढी चिसोमा हिडडुल गर्नु वा चिसो वातवरणमा बस्नु हुदैन् ।
-छाती, फोक्सो वा कुनै पछि अंगमा रोग लागेको आसंका भए तुरुन्त उपचार गराउनु पर्दछ ।
- अनुकुल वातवरण पारेर शारिरीक व्याम गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ र केही हदसम्म दमको पीडाबाट मुक्त हुन सकिन्छ ।
दमको उपचार
-दमको उपचार रोग हेरेर गरिन्छ । कुन रोगका कारण दम भयो पत्ता लगाई त्यही रोगको उपचार गरिन्छ ।
- दमका रोगीले दमको प्रकृति हेरी चिकित्सकको सल्लाहा बमोजिम खाने, पिउने र सुँघ्ने औषधी सेवन गर्नुपर्दछ ।
-स्वास फेर्न सजिलोको लागि भन्दै अनाआवश्यक रुपमा जथाभावी औषधी सेवान गर्नु हुदैन् ।
प्रस्तुति : सर्मिला थापा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण