कस्तो चाहिन्छ किचन ?
निमा लामा, मोडुलर किचेन प्रालि
खाना बनाउने स्थानका रूपमा परिचित किचेनको विशेषता त्यत्तिमै सीमित छैन । अन्य कोठाजस्तै किचेन पनि अहिले पूर्णरूपमा ‘हाइटेक’ बन्न थालिसकेको छ । खाना बनाउने ग्यास चुलोे, चिम्नी, सिङ्क, भाँडाकुँडा राख्ने र्याकलगायत सबै आधुनिक किसिमका किचेनमा अनिवार्यजस्तै हुन थालेको छ ।
मोडुलर किचेनको अवधारणा आएसँगै रेडिमेड किचेन पनि बजारमा पाइन थालेका छन् । फिटिङ गर्ने स्थान मात्र उपलब्ध गराएमा सम्पूर्ण व्यवस्थापन गर्न सकिने मोडुलर किचेन न्यूनतम ५० हजारदेखि लाखौँ रुपैयाँसम्म पर्छ । सुविधाजनक सामग्रीको उपलब्धतासँगै किचेनमा स्वादिष्ट खाना तयार पार्न पनि सहज भएको छ । किचेनमा राम्रो गुणस्तरको पत्थरबाट प्लेटफर्म बनाइन्छ । त्यसमाथि सिङ्क र चुलोे जडान गरिन्छ । सिङ्क अलगअलग आकारप्रकारमा स्टील प्लेटबाट पनि बनेको पाइन्छ । त्यसमा पानीका लागि बिपक जडान गरिन्छ । तातोपानीको आवश्यकताअनुसार त्यसमा मिक्सर पनि लगाउन सकिन्छ । प्लेटफर्म बनाउँदा उभिएर काम गर्दा आरामदायक हुनुपर्नेमा भने ध्यान दिनु आवश्यक छ ।
मोडुुलर किचेनको सबैभन्दा ठूलो विशेषता क्याबिनेटदेखि र्याकसम्म एउटा घरबाट अर्को घरसम्म पनि ‘एडजस्ट’ गर्न सकिनु हो । यसमा वाटरप्रुफ प्लाईका साथै लेमिनेटेड उड, प्लास्टिक मेटरियल र मेटलका साथै स्टेन्ड ग्लाससमेत प्रयोग भएको पाइन्छ । मोडुुलर किचेनमा चुलोे राख्ने स्थान पनि बनाइएको हुन्छ । साथै, किचेनमा प्रयोग हुने अन्य सरसामान राख्ने स्थान पनि पर्याप्त हुन्छ । प्लेटफर्म बनाउन ग्रेनाइट प्रयोग गर्न सकिन्छ । किचेन सेटको माथिल्लो भागमा सेल्फ राखिएको हुन्छ, जसमा किचेन एसेसरिज राख्न सकिन्छ ।
सिङ्कदेखि क्याबिनेट, दराज, र्याकको खाका किचेनअनुसार तयार हुन्छ । चिम्नी, माइक्रो वेभ, फ्रिज आदि सरसामान व्यवस्थित ढङ्गबाट प्लेसमेन्ट गर्न सकिन्छ । हाइटेक किचेनमा प्लेट एन्ड बाउल र्याक सबैभन्दा बढी आवश्यक हुन्छ । यसमा प्लेट र बाउल सहज रूपमा सुकाउन सकिन्छ । सिङ्कको तल सेल्फ बनाएर भाँडा धुने सामान जस्तै–बाल्टिन, स्क्रबर, कुचो आदि राख्न सकिन्छ । कप, चम्चा–काँटा आदिका लागि हुक तथा र्याकको व्यवस्था गर्न सकिन्छ ।
त्यस्तै, त्यहाँ पुलआउट बास्केट राखेर चामल, दाल, आटा आदि राख्न सकिन्छ । भित्र–बाहिर गराउन सकियोस् भन्ने हिसाबले पुलआउट बास्केटको डिजाइन गरिनुपर्छ । त्यसमा कटलरी इन्सर्टको प्रयोग गरेको चम्चा–काँटा एवं केज ओपनर आदि सामान राख्न सकिन्छ । किचेनमा आवश्यकताअनुसार लाइटिङको व्यवस्था पनि गर्नुपर्छ । किचेनमा भित्रको हावा बाहिर निकाल्न एडजस्ट फ्यान अनिवार्य छ । फ्लोरिङमा भने नचिप्लने, बलियो, सुन्दर र टिकाउ खालको टायल छनोट गर्नु राम्रो हुन्छ । किचेनको सिङ्क र वाटरसप्लाई कीराहरू भित्र पस्न नसक्ने गरी तयार गर्नुपर्छ ।
सुविधा एवं सुरक्षाका दृष्टिले सिङ्क, फ्रिज तथा ग्यासका बीच ३ देखि ८ फिटको दूरी उचित हुन्छ । प्रयोग गरिसकेपछि ग्यास सिलिन्डर बन्द गर्न बिर्सनु हुँदैन । ग्यासनजिक तैलीय वा प्रज्वलनशील पदार्थ राख्नु हुँदैन । किचेनमा फायर अलार्म, ग्यास डिटेक्टर र स्मोक डिटेक्टर हुनु राम्रो हुन्छ । लुज कपडा र खुला केश राखेर किचेनमा काम गर्नु राम्रो हुँदैन । यसले कुनै पनि वेला समस्या निम्त्याउन सक्छ । साथै, बालबालिका भएका घरमा धारिलो तथा फुट्ने सरसामान उनीहरूको पहुँचभन्दा टाढा राख्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण