गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
गुल्मी– नेपाली काँग्रेससँगको गठबन्धन गरेर गुल्मीमा नेकपा माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ । गुल्मीको पाँच स्थानीय तहमा माओावादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरी उम्मेदवारी दिएको थियो । गुल्मीको धुर्कोट गाउँपालिकोको प्रमुख पदमा माओवादीले जिेतेको हो । माओवादी केन्द्रका भुपाल पोखरेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५११६ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण घिमिरिेले ४७५३ मत ल्याए । घिमिरे मात्र ३६५ मतले पराजित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादी गठबन्धनका शिव केसी विजयी भए । केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् । केसीले ४८१६ मत ल्याएर विजयी भएका हुन भने एमालेकी रिता थापा ४८४२ मत प्राप्त गरिन् ।
गठबन्धनले ७ वटा वडा मध्ये ४ वटा वडा अध्यक्ष सहितको प्यान पनि विजयी गराउन सफल भएको छ । नेकपा एमालेले ३ वटा वडामा मात्रै विजयी हासिल गरेको छ । वडा नम्वर १ साविकको नयाँगाउँमा गठवन्धनका कमल थापा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्वर ३ पिपलधारामा नविन जिसी, वडा नम्वर ४ जैसीथोकमा मानबहादुर कुँवर र वडा नम्वर ५ वस्तुमा ढुण्डीराज भण्डारी वडाध्यक्षमा विजयी भए ।
त्यस्तै नेकपा एमालेका उमेदवार विष्णु श्रीसले वडा नम्वर ३ हाहाडेमा अध्यक्ष पदमा विजयी हासिल गरेकाछन् । वडा नम्वर ६ धुर्कोट रजस्थलमा कृष्ण नेपाली र वडा नम्वर ७ वाग्लामा हिमप्रसाद पन्थी एमालेको तर्फबाट वडाध्यक्ष सहितको प्यानल विजयी भएको छन् ।
कांग्रेस माओवादी गठवन्धन मध्ये रुरुमा एमालेले जितको र छत्रकोटमा अग्रता लिए पनि अन्य दुई गाउँपालिका कालिगण्डकी र सत्यवतीमा गठवन्धनकै अग्रता रहेको छ । तिन प्रमुख दलका एकल उमेदवार लडेको मदानेमा भने सुरुवाती अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण