बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा ९ अश्वेतको हत्या गर्ने युवकलाई मृत्युदण्ड

बुधबार, २७ पुस २०७३, १३ : ३०
बुधबार, २७ पुस २०७३

वासिङटन – अमेरिकाको दक्षिण क्यारोलिनास्थित चाल्र्ससटनमा चर्च पुगेका ९ अश्वेतहरुको हत्या गर्ने एक गोरा युवकलाई फेडरल ज्युरीले मृत्युदण्डको सजाय सुनाएको छ ।

डायलिन रुफमाथि गत महिना ३३ वटा मुद्दा लगाइएको थियो । यसमा हेट क्राइमसमेत सामेल छ । ३ घण्टाको बहसपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

हेट क्राइमबापत मृत्युदण्डको सजया पाउने पहिलो व्यक्ति हुन् ।

गत मंगलबार २२ वर्षीय रुफले जीवनदानको लागि अपिल गर्ने अन्तिम मौका गुमाएका थिए । उनले न्यायाधीसहरुका अगाडि पुनः ‘मलाई अझै लाग्छ त्यो मैले गर्नुपर्ने थियो’ भन्ने जवाफ दिएका थिए ।

‘मसँग तपाइँहरुलाई जन्मकैदको सजाय दिन माग गर्न सक्छु तर यो गरेर के नै फाइदा हुन्छ र ?,’ उनले भनेका थिए ।

सन् २०१५ को जुन १७ मा दक्षिण क्यारोलिनामा अश्वेतहरु जाने सबैभन्दा पूरानो चर्चमा पुगेर रुफले अन्धधुन्ध गोलीप्रहार गरेका छन् । जसमा ९ जनाको ज्यान गएको थियो ।

उनले बारम्बार आफूले गरेको कार्यप्रति माफी नमाग्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप