इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
सारांश
- इनड्राइभ नेपालले विश्वकप फुटबलको आधिकारिक डिजिटल प्रसारणकर्ता डिशहोमको प्लेटफर्म डीजीओसँग सहकार्य गरी 'विश्वकप फुटबल २०२६ राइड एन्ड विन' क्याम्पेन सार्वजनिक गरेको छ।
- यस क्याम्पेन अन्तर्गत इनड्राइभ प्रयोगकर्ताले डीजीओ फुटबल सिजन पासमा विशेष छुट र निःशुल्क स्ट्रिमिङ भाउचर प्राप्त गरी मोबाइलबाटै प्रत्यक्ष खेल हेर्न सक्नेछन्।
- क्याम्पेनमा एक सातामा कम्तीमा एक राइड पूरा गर्नेले १० प्रतिशत छुट र तीन राइड पूरा गर्नेले निःशुल्क सिजन पास जित्न सक्नेछन्।
काठमाडौँ । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबलको आधिकारिक डिजिटल प्रसारणकर्ता डिशहोमको प्लेटफर्म डीजीओसँग सहकार्य गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ।
जुन १६ देखि जुलाई १८ सम्म चल्ने यस क्याम्पेनको उद्देश्य दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनलाई जोडेर नेपाली फुटबल समर्थकहरूको विश्वकप हेर्ने अनुभवलाई सहज बनाउनु हो।
यस अन्तर्गत इनड्राइभ प्रयोगकर्ताले डीजीओ फुटबल सिजन पासमा विशेष छुट र निःशुल्क स्ट्रिमिङ भाउचर प्राप्त गरी मोबाइलबाटै प्रत्यक्ष खेल हेर्न सक्नेछन्।
क्याम्पेन अन्तर्गत एक सातामा कम्तीमा एक राइड पूरा गर्नेले डीजीओ सिजन पास खरिदमा १० प्रतिशत छुट पाउनेछन् भने तीन राइड पूरा गर्नेहरू स्वतः र्याफल ड्रमा सहभागी भई निःशुल्क सिजन पास जित्न योग्य हुनेछन्। पाँच साताको अवधिभर कुल २,५०० वटा फ्री भाउचर वितरण गरिनेछ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेल र डीजीओका चिफ अपरेटिङ अफिसर रोशन निरौलाका अनुसार यो सहकार्यले खेलकुद र प्रविधिलाई जोड्दै समर्थकहरूलाई दैनिक गतिविधिका माध्यमबाट पुरस्कृत हुने र गुणस्तरीय फुटबल मनोरञ्जनको सहज पहुँच पाउने उत्कृष्ट अवसर प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण