बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ

बुधबार, ०३ असार २०८३, १८ : २७
बुधबार, ०३ असार २०८३

सारांश

  • नवलपरासीको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट सम्झौताभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको भनी विशेष अदालतमा दायर भएको मुद्दामा दुई जनाले सफाइ पाएका छन् ।
  • विशेष अदालतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र निर्माण व्यवसायी दिनेश यादवलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने ठहर गरेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी र दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै मुद्दा दायर गरेको थियो ।

काठमाडौँ । नवलपरासीको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट सम्झौताभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको भनी चलाइएको मुद्दामा विशेष अदालतले विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले नवलपरासीको सरावल गाउँपालिका–३ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र दिनेश यादवलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने ठहर गरेको छ । अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी र रामग्राम नगरपालिका-४ का दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै मुद्दा दायर गरेको थियो ।

नवलपरासीको सरावल गाउँपालिका–३ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वमा रहेको कित्ता नं. १४२ र २९५ को जग्गाबाट माटो उत्खनन र निकासी गर्नका लागि विद्यालय व्यवस्थापन समिति र निर्माण व्यवसायी दिनेश यादवबिच २०८० साल फागुन १५ गते सम्झौता भएको थियो ।

उक्त सम्झौतामा तोकिएको परिमाणभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सरावल गाउँपालिकाले गठन गरेको प्राविधिक टोलीको प्रतिवेदनका आधारमा सम्झौताभन्दा बढी माटो निकालिएको दाबी गरिएको थियो । तर, प्रतिवादी दिनेश यादवले आफूले सम्झौताभन्दा बढी माटो उत्खनन नगरेको र काम गरेको रकम समेत भुक्तानी लिन बाँकी रहेको भन्दै अदालतमा बयान दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप