पुनर्निर्माण प्राधिकरणका सीईओ बर्खास्तीपछि एमालेको आयो यस्तो प्रतिक्रिया
काठमाडौं – सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेसँगै एमालेले कडा प्रतिक्रिया दिएको छ । एमालेले सीईओ बर्खास्तीसँगै भूकम्पपीडितले थप दुःख पाउने अवस्था निम्तिएको बताउँदै अब पुर्ननिर्माणको काममा थप ढिलाई हुने दाबी गरेको छ ।
यस्तै एमाले सचिव प्रदीप ज्ञवालीले राजनीतिक पूर्वाग्रहको कोपभाजनमा सीइओ ज्ञवाली परेको प्रतिक्रिया दिए । उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको वातावरण बनिरहेको बेला सरकारले ज्ञवालीलाई हटाउनु गलत भएको प्रतिक्रिया दिए । केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको थियो ।
सीईओ बर्खास्तीबारे युवराज ज्ञवाली र प्रदिप ज्ञवालीको प्रतिक्रिया जस्ताको तस्तै
युवराज ज्ञवाली, उपाध्यक्ष, एमाले
सरकारले पूनर्निर्माया प्राधिकरणका सीईओलाई अत्यन्त पूर्वाग्रही गरिकाले हटाएको छ । यो गलत भएको हो । सिइओले भूकम्प प्रभावितको पक्षमा राम्रो काम गरिरहेको अवस्थामा पनि एमालेप्रतिको पूर्वाग्रहले मात्रै हटाइएको हो ।
राजनीतिक दलहरुबीच सकारात्मक वातावरण बनिरहेको अवस्थामा यो कदमले दलहरुबीच झन् दूरी बढ्नेछ । एक जना व्यक्तिले मात्रै राम्रो काम गर्ने होइन । राम्रो काम गर्नका लागि सरकार र कर्मचारीहरुको सहयोग चाहिन्छ र सकारात्मक परिणाम पनि आउँछ । यसमा सरकार र सरकारका कर्मचारीको पनि कमीकमजोरी थिए । निर्वाचनमा जाने वातवरण बनिरहेको बेला यो काम गर्नु एकदम गलत हो ।
प्रदीप ज्ञवाली , सचिव , एमाले यो सरकारको पूर्वाग्राही सोच हो । दुई महिना पहिला प्रम आफैंले भूकम्पपीडितको पक्षमा राम्रो काम भइरहेको बताउनु हुन्थ्यो । तर फेरि दुई महिनापछि त्यही सीईओले गरेको काम कसरी नराम्रो हुन्छ र हटाइनु पर्छ । यो एमालेप्रतिको साँधिएको पूर्वाग्रहको परिणाम मात्रै हो । सरकारको नियत नै हटाउने थियो । त्यसैले हटाउने प्रक्रिया पूरा गर्नको लागि दुई पटक स्पष्टकरण सोधेका हुन् । ज्ञवालीले प्राधिकरणमा रहेर उल्लेख्य काम गरेका थिए । ६ लाख पीडितलाई पहिलो किस्ता दिएका थिए । ४० हजार घर बनेका थिए । दाताहरुको पनि पुर्ननिर्माण प्राधिकणमाथि भरोसा थियो । तर एमाले प्रतिको प्रतिशोधका कारण हटाइने काम भएको छ, जुन गलत छ । एमालेप्रतिको राजनीतिक पूर्वाग्रहको कोपभाजनमा सिईओ परेका हुन् । यसले गर्दा पीडित झन् पीडित हुनेछन् । नयाँ आउने सीइओले काम गर्न समय लाग्नेछ, यसले पुर्ननिर्माणमा ढिला हुनेछ । सरकारले जनतको पक्षमा भन्दा पनि प्रतिशोधले काम गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
-
घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक : बाँझो जमिन उपयोग गर्न भूमि बैंक र साप्ताहिक हाटबजार सञ्चालन गरिने
-
रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
-
उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
-
मध्यपश्चिम विश्वविद्यालयका १९२८ विद्यार्थी दीक्षित
-
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक पौडेललाई साधारण तारेखमा राख्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण