गौशाला नगरपालिकामा तालाबन्दी
मङ्गलबार, २५ माघ २०७३, १३ : ३६
महोत्तरी - कार्यकारी अधिकृतले मनपर्दी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन् ।
उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन । गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ ।
कार्यकारी अधिकृतसंग यी समस्या समाधानका लागि पटक पटक आग्रह गर्दापनि त्यसलाई बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडामञ्चका पूर्वअध्यक्ष नवीनकुमार साहले बताए ।
नगरपालिकाको मूलढोकामा तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण