सेञ्चुरी कमर्सियल बैंकको खुद मुनाफामा वृद्धि
मङ्गलबार, २५ माघ २०७३, १७ : ०१
काठमाडौ–सेञ्चुरी कमर्सियल बैंकको चालू आवको दोस्रो त्रैमासिकमा संचालन मुनाफ्mा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख गरेकोे छ । खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमासभन्दा २०१.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्ता पूँजी रु.३ अर्ब ६८ करोड पुगेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख राखेको छ । बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब ८ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी १२ रुपैंयाँ १४ पैंसा, प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैंयाँ ६६ पैंसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको अवधीमा ८ अर्ब पूंजी पु¥याउन बैंक कटिवद्ध भएको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण