अशान्त बन्दै साँखु, बन्द गर्न खोज्ने १० जना पक्राउ
काठमाडौं– स्थानीय तह पुर्नसंरचना आयोगले शंखरापुर नगरपालिका हटाएको बिरोधमा साँखुको सडक तथा बजार बन्द गर्न खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहान साँढे ५ बजे साँखु बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त बौद्ध हुँदै महेन्द्र पुलिस क्लबमा लगिएको साँखुका स्थानीय मनोज श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा मनोज श्रेष्ठ, एलपी श्रेष्ठ, शंकरमान श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुमन श्रेष्ठ, भाइकाजी श्रेष्ठ, लक्ष्मी थापा, सरला खड्का, महेन्द्र श्रेष्ठ लगायत रहेका छन् ।
स्थानीय तह पुर्नसंरचना आयोगले काठमाडौैंको उत्तरपूर्वी क्षेत्रमा रहेको शंखरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा गाभेपछि शंखरापुर नगरपालिकाका बासिन्दा आनदोलित बनेका हुन् ।
स्थानीयहरुले शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने भन्दै दुई सातादेखि आन्दोलन चर्काउदै आएका छन् । उनीहरुले नगरपालिकाको कार्यालय, वडा कार्यालय र मालपोत कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
स्थानीयबासीले शंखरापुर नगरपालिका बचाउ सघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । यसअघि भएको सडक बन्द गर्ने क्रममा झन्डै आधा दर्जन गाडीको सिसा फुटाइएको श्रेष्ठले जानकारी दिए ।
उनीहरुले शंखरापुर नगरपालिका कायम नभए साँखु तथा सिन्धुपाल्चोक जाने सडक अनिश्चितकालीन बन्द गर्ने चेतावनी पनि दिएका छन् ।
आन्दोलन नियन्त्रण गर्न महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी तथा थप दुई ट्रक दंगा प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण