बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कार्यलयमा काम गर्दा तनाव हुन्छ ? यसो गर्नुहोस्

बुधबार, २६ माघ २०७३, १३ : ४४
बुधबार, २६ माघ २०७३
आधुनिक जीवनशैली र व्यस्त समयका कारण मानिस नचाहेरै पनि तनावमा हुन्छन् । व्यक्तिको पेसाका कारण बैंकिङ, इन्स्योरेन्सजस्ता वित्तीय जिम्मेवारी लिएका कर्मचारीमा त्यस्तो तनाव अझ बढी हुने पाइएको छ । कामको दबाब, हाई टार्गेट, अधिक जिम्मेवारीजस्ता कारणले यस क्षेत्रका कर्मचारी बढी तनावमा हुन्छन् । तनाव हुनुको कारण व्यक्तिअनुसार तनावको प्रकृति फरक हुने भए पनि त्यसलाई सधैँ नकारात्मक रूपमा मात्र लिनु हुँदैन । तनावलाई उपयोग गरेर सकरात्मक परिणाम ल्याउन पनि सक्छौँ । तर, तनावलाई हामीले जीवनशैली नै बनायौँ भने यसले हाम्रो दैनिक जीवनलाई नै असर पुर्‍याउँछ । तनावकै कारण कर्मचारीले आफ्नो जिम्मेवारी सही तरिकाले पूरा गर्न सक्तैनन् । तनावको अवस्थामा कामको दबाब झन बढ्ने तथा काम बिग्रन्छ कि भन्ने  डर पनि धेरैमा हुने गर्छ । यसले तनावलाई झन बढाउन सहयोग गर्छ । विशेष गरेर कार्यालयमा तनाव हुने कारण यस्ता हुन्छन् : पारिश्रमिक कम हुनु अत्यधिक काम वा दबाबमा रहनु पदोन्नति नहुनु रुचिभन्दा फरक काममा संलग्न रहनु कामको दीर्घकालीन सुरक्षा नहुनु तनावले पार्ने असर तनाव हेर्दा सामान्यजस्तो लागे तापनि यसको दीर्घकालीन परिणाम भने जटिल हुने गर्छ । वास्तवमा भन्ने हो भने तनावले शारीरिक, मानसिक र भावनात्मक रूपमा सम्पूर्ण कुरालाई नै असर पुर्‍याउँछ । दिनभर एउटै पोेजिसनमा बसेर काम गर्दा कम्मर दुख्ने, ढाँड दुख्नेजस्ता शारीरिक समस्या हुन्छन् । त्यस्तै, कम्प्युटरमा बढी बसेर काम गर्नेको आँखामा पनि समस्या हुने गर्छ । जब कुनै कारणले हामीलाई तनाव हुन्छ, तब सुरुमा हाम्रा मसल्समा असर देखिन थाल्छ । त्यसपछि उक्त तनाव शरीरका अन्य अंगमा पनि बिस्तारै फैलिएर जान थाल्छ । उदाहरणका लागि यदि कसैलाई दबाब हुनासाथ टाउको तथा घाँटी दुख्ने गर्छ भने उक्त क्षेत्रमा तनाव फैलिएको भन्ने बुझ्नुपर्छ । अनावश्यक तनावले श्वास प्रणालीलाई पनि असन्तुलन बनाउँछ । यसले हाम्रो श्वासको लयलाई नै परिवर्तन गरिदिन्छ । कसैकसैलाई तनावकै कारणले फोक्सोसम्बन्धी रोग पनि भएको पाइएको छ । तनावले मुटुको रोग हुने अत्यधिक सम्भावना हुने गर्छ । यसले मुटुमा रक्तचापको पनि असन्तुलन बढाउन सक्छ । धेरैलाई भने उच्च रक्तचाप हुने गदर्छ । तनावले हाम्रो शरीरको हर्मोनलाई समेत प्रभावित बनाउँछ । स्नायू प्रणाली, फोक्सो, पेटजस्ता अत्यन्त संवेदनशील अंगमा पनि असर पुर्‍याउँछ । तनाव व्यवस्थापनका उपाय कार्यालयमा काम गर्दा आफूले सोचेजस्तो परिस्थिति मात्र हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ नसोचेको वातावरण पनि सिर्जना हुन सक्छ । त्यस्तो परिस्थितिलाई सहज रूपमा स्वीकार गरी सामना गर्न सक्ने धैर्य चाहिन्छ । अन्यथा व्यक्तित्वमा समेत असर पुर्‍याउँछ । त्यसैले कार्यालयको समयमा तनावलाई कम गर्न यस्ता तरिका अवलम्बन गर्न सक्छौँः कार्यालय व्यवस्थापले तनाव व्यवस्थापन गर्ने तरिकासम्बन्धी  सेमिनार वा वर्कसप गराउने । कार्यालयमा रिफ्रेसमेन्ट बे्रकको समय निकाल्ने । तनाव हुन लाग्नासाथ लामो र गहिरो श्वास केही समय लिने र छाड्ने । तनाव हुने कुरा मनमा आउनासाथ मनलाई अन्ततिर मोड्ने । समूहमा कार्य गर्ने र एक–अर्कालाई सहयोग गर्ने । कार्यालयको वातावरण शान्तिमैत्री बनाउने । योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिक जीवनमा जोड्ने । स्वीकार गर्ने कलाको विकास गर्ने । विश्रामको अभ्यास गर्ने । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप