राम–लक्ष्मणको गुनासो : नेपालमै मेसिन छ, विदेशीलाई ताकियो (भिडियो)
बुधबार, २६ माघ २०७३, १८ : ११
काठमाडौँ – युवा वैज्ञानिक दाजुभाई रामलक्ष्मण रिमाल र केबी भण्डारीद्वारा उत्पादित विद्युतीय भोटिङ मेसिन बुधबार राजधानीमा प्रदर्शन गरिएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले विद्युतिय भोटिङ मेसिनको प्रदर्शन गरेका हुन् । पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो उत्पादन निर्वाचनमा प्रयोग गर्न योग्य रहेको भएपनि सरकारले विदेशबाट मेसिन ल्याउन खोजेको भन्दै असन्तुष्टि जनाए ।
विद्युतीय मेसिनको प्रदर्शन गर्दै उनले सरकारले विदेशबाट ल्याउने भनिएको मेसिनको तुलनामा आफूहरुले उत्पादन गरेको मेसिन लागतमा सस्तो र प्रयोगमा सजिलो भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा रामलक्ष्मणले विगत ७ वर्षदेखि नेपालमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदानमैत्री र छिटोछरितो बनाउनको लागि यन्त्रको नेपालमै उत्पादन गरी ५० बढी निर्वाचन सम्पन्न गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण