सशस्त्र प्रहरी महानिरीक्षक राईबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएकाहरुलाई दज्र्यानि चिन्ह प्रदान गरेका छन् ।
राईले खड्गबहादुर राई, बसन्तकुमार बानियाँ र मन्दिप श्रेष्ठलाई बिहिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच दज्र्यानि चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार उपप्रधान तथा गृहमन्त्रीस्तरको माघ २७ गतेको निर्णयले राई, बानियाँ र श्रेष्ठ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले सो समारोहमा जेष्ठता, व्यावसायिक क्षमता, कार्यदक्षता एवं कार्यकूशलताको आधारमा पदोन्नती गरिएको बताए ।
समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राई तथा संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा.कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल र जीतबहादुर पुन लगायत एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण