राष्ट्रिय जनसंख्या परिषदमा सात विज्ञ नियुक्त
काठमाडौं – राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार दिउँसो सिंहदरबारमा सम्पन्न भएको छ ।
बैठकले राष्ट्रिय जनसंख्या परिषदमा सातजना विज्ञ सदस्यलाई नियुक्ती गरेको छ । बैठकले प्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्णलाई नियुक्त सदसयमा गर्ने निर्णय गरेको हो । साथै बैठकले जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कहरुलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्रीले भने, ‘जनसंख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवन पद्दति कायम गर्न सकिन्छ ।
संघीय संरचना अनुसार जनसंख्याको अभिलेखन र विद्युतीय अभिलेखीकरणले यसमा आधुनिक अभिलेखको व्यवस्था हुनेछ ।’ कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशी, उपप्रधानमन्त्रीद्घय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण