शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

किन गर्ने जिम ?

शनिबार, ०७ फागुन २०७३, ११ : १२
शनिबार, ०७ फागुन २०७३
१. नियमित जिम गर्ने व्यक्तिको शरीरका सेल्सहरू सामान्य मान्छेको भन्दा सक्रिय भइरहेका हुन्छन् । सेल्सहरू सक्रिय हुँदा हर्मोनहरू बढिरहेका हुन्छन् । यस्तो शरीरले प्राप्त गरेका पौष्टिक तत्व सोस्ने गर्छ । खाएका पौष्टिक तत्व लिएपछि शरीर तन्दुरुस्त हुन्छ । यसकारण जिम गर्नु लाभदायी हुन्छ । २. सामान्य व्यक्तिको तुलनामा नियमित जिम गर्ने व्यक्तिको हर्मोन ग्लान्डहरूले राम्रोसँग काम गर्छन् । उमेर छिप्पिँदै गएपछि सामान्य व्यक्तिका ग्लान्डले काम गर्ने क्षमता स्वतः कम हुँदै जान्छ । त्यसैले जिम गर्दा ग्लान्डहरूलाई सक्रिय बनाउन सकिन्छ । शरीरले प्राप्त गरेका भिटामिन, प्रोटिन र मिनरल्स राम्रोसँग सोस्ने र बुढेसकालसम्म पनि तन्तुरुस्त रहने हुन्छ । ३. जिम गर्नुको सबैभन्दा ठूलो फाइदा भनेको नियमित रुटिनमा चल्ने बानी बसाल्नु हो । जिम गर्ने व्यक्तिमा अल्छीपन हुँदैन, व्यायाममा सधैँ सचेत हुन्छ, शरीरप्रति प्रेम बढी हुन्छ । यसले भोलिका दिनमा जिम गर्न छाडे पनि शरीर स्वस्थ राख्ने रुटिनमा रहन प्रेरित गरिरहेको हुन्छ । यस्तो हेल्दी ह्याबिटले सधैँ फाइदा दिन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप