किन हुन्छ पाइल्स ? तपाईंलाई थाहा नभएका ७ कारण
के तपाईंलाई धेरैजसो पाइल्सको समस्या हुन्छ ? यदि छ भने, तपाईंलाई सबैभन्दा पहिला लाग्ला कि तपाईंको पाचन तन्त्रमा खराबी भएका कारण तपाईंलाई पाइल्सको समस्या भइरहेको छ । हुन त यो पनि एउटा कारण हो तर पाइल्स लाग्ने अन्य कारण पनि हुनसक्छ जसबारे सायद तपाईंलाई जानकारी छैन ।
पाइल्सका केहि विशेष लक्षणः
गुदाद्वारबाट रगत आउनु
दिसा गर्दा निकै पीडा हुनु
पेटको तल्लो भागमा पीडा हुनु
कब्जियत र चिलाउनु
पाइल्सको प्रारम्भिक चरणमा यसको उपचार गराउनु निकै आवश्यक छ अन्यथा यो धेरै गम्भीर रोगमा परिणत हुन्छ ।
यदि पाइल्सको उपचार गराइएन भने यसले रेक्टल अल्सर र क्यान्सरको खतर निम्त्याउँछ ।
अतः यहाँ पाइल्स हुने अन्य कारण पनि बताइएको छ जसबारे तपाईंलाई थाहा छैन होला ।
१. भारी वस्तु उठाउँदाः
अत्यधिक तौल भएको वस्तुहरु उठाउँदा पाइल्स हुनसक्छ किनभने तौल उठाउँदा शरिरको तल्लो भागमा अत्यधिक दबाब पर्छ जसका कारण नसा टुट्ने सम्भावना हुने गर्दछ ।
२. अत्यधिक व्यायम गर्दाः
धेरै मानिसहरु अत्यधिक व्यायाम गर्ने भएकाले पायल्सको समस्या हुनसक्छ किनभने व्यायाम गर्नेबेला पेटको तल्लो भागमा अत्यधिक दबाब पर्ने भएकाले विशेषगरी खुट्टाको व्यायाम गर्दा ।
३. टोइलेटमा धेरै बेरसम्म बस्दाः
यदि तपाईं बाथरुमको सिटमा धेरै बेरसम्म बस्नुहुन्छ दिसा बस्नका लागि तपाईंले निकै दबाब दिनुपर्ने हुनसक्छ जसका कारण गुद्वारको नसा सुनिन्छ । यो पाइल्सको कारक हुनसक्छ ।
४. धेरै जंक फुड खानुः
यदि तपाईं अत्यधिक तैलीय, अत्यधिक बोसोयुक्त आहार नियमित रुपमा खानुहुन्छ भने यसले तपाईंलाई दिसालाई कडा बनाइदिन्छ जसका कारण तपाईंलाई दिसा गर्ने बेला पाइल्सको समस्या हुनसक्छ ।
५. कब्जियतः
कब्जियतका कारण पनि पाइल्सको समस्या हुनसक्छ किनभने आन्द्रामा फसेको मल गुद्वारको नसालाई तोडिदिने गर्दछ ।
६. गर्भावस्थाः
गर्भावस्थाका कारण पनि पाइल्सका कारण समस्या हुनसक्छ किनभने गर्भमा हुर्किरहेको बच्चाले गुद्वारमा अत्यधिक दबाब दिन्छ ।
७. निष्क्रिय जीवनशैलीः
यदि तपाईं नियमित रुपमा व्यायाम गर्न पाउनुहुन्न भने तपाईं नियमित रुपमा दिसा गर्न सक्नुहुन्न जसका कारण पाइल्सको समस्या हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण