के तपाईं पनि पटक–पटक मोबाइल चेक गरिरहनुहुन्छ ? यसो नगर्नुहोस्, कारण यस्तो
के तपाईं पनि पटक–पटक कुनै कारण बिना मोबाइल चेक गरिरहनुहुन्छ ? यस्तो नगर्दा तपाईंलाई असजिलो महसुस हुन्छ ? यदि यस्तो हुन्छ भने विश्वास गर्नुहोस् तपाईं डिप्रेशनको शिकार हुनसक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणमा सार्वजनिक भए अनुसार ८६ प्रतिशत युवा पटक–पटक फोन चेक गर्दछन् । यसका कारण उनीहरु डिप्रेसनको शिकार हुने गर्दछन् ।
साइकोलोजिस्ट डा. आर्यन साहूका अनुसार यदि कुनै व्यक्ति पटक–पटक बिना कारण मोबाइल चेक गरिरहन्छ भने ती व्यक्तिले तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ । किनभने यो बानी पछि गएर कुनै रोगको कारण बन्नसक्छ ।
मोबाइलको अत्यधिक प्रयोगले आँखा र दिमागमा नकारात्मक प्रभाव पर्ने गर्दछ । आँखा कमजोर हुन्छ भने निर्णय लिने क्षमता प्रभावित हुने गर्दछ ।
कहिले पनि अबेर राती र बिहान उठ्ने बित्तिकै मोबाइल चेक गर्नुहुँदैन । यो समय तपाईंको आफ्नो समय हो । दिमागलाई पनि आरामको लागि समय चाहिन्छ ।
पटक–पटक फोन चेक गर्ने तपाईंको बानीले तपाईंलाई तनावमा राखिरहन्छ । नोटिफिकेसनका साथै मेसेजको प्रतिक्षामा फोन चेक गर्ने बानीले तनाव बढ्ने गर्दछ ।
मोबाइलसँगको यो लगावले निकै तनाव पैदा गर्छ । यसबाट बच्नका लागि आफूलाई प्रविधिबाट टाढा राख्ने बानी बसाल्नुहोस् वा डिजिटल डिटक्स ष्र्न आवश्यक छ ।
डिजिटल डिटक्समा खानाको टेबलमा फोनको प्रयोग नगर्ने । राती सुत्न जानुभन्दा पहिले फोन स्विच अफ गर्नेजस्ता बानी समावेश हुन्छन् ।
महत्वपूर्ण काम सिद्धाएपछि मोबाइल फोन प्रयोग नगर्ने कोसिस गर्नुहोस् । सानो तिनो हिसाब, फोन नम्बर सम्झनका लागि फोनको साटो आफ्नो दिमागको प्रयोग गर्नुहोस् ।
सुत्नेबेला मोबाइल फोनको प्रयोग नगर्न कोसिस गर्नुहोस् नभए निन्द्रा नपुगेर तनावको कारण हुनसक्छ ।
घर पुगेपछि स्मार्टफोनको इन्टरनेट बन्द गर्नुहोस् ।
आफूलाई केही समयका लागि स्मार्टफोनबाट टाढा राख्नुहोस् । अर्लाम सेट गर्नुहोस् र आफूलाई फोनबाट टाढा राख्नुहोस् ।
केही महत्वपूर्ण जानकारी नछुटोस् भन्नका लागि पहिला नै आफ्नो साथीभाइ आफन्तलाई आफू कहिले फोनसँग सम्पर्क हुनुहुन्न भन्ने बारे जानकारी दिनुहोस् ।
केही दिनका लागि फेसबुक, ह्वाट्सएप र यस्ता एप्स डिसेबल गर्नुहोस् जसको नोटिफिकेसनका कारण तपाईं डिस्टर्ब हुनुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
-
बजेट स्वीकृत एउटा, लागत अनुमान अर्कै : विष्णुपुर धान प्रशोधन उद्योग स्थापनामा भ्रष्टाचार
-
सय दिनमा सरकारले जनतालाई खुसी बनाउने कुनै काम गरेन : ओली
-
राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण