१८ वर्ष पार गरेपछि युवतीमा आउँछन् यी ६ परिवर्तन, थाहा पाउनुस् के हुन् ?
उमेर सँगसँगै महिलाको शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । यतिबेला थुप्रै प्रकारको स्वास्थ्य समस्या पनि देखिने गर्छ जसबारे समयमा नै पत्ता लगाएर यसको समाधान निकाल्न सकिन्छ । १८ वर्षको उमेरपछि एक महिलामा आउने परिवर्तन बारे यहाँ जानकारी दिइएको छ ।
महिनावारीः
१८ को उमेरपछि हर्मोनमा परिवर्तन आउने गर्दछ जसका कारण महिलाको महिनावारी ठिक समयमा नहुन पनि सक्छ ।
समाधानः
खानामा फल र हरियो साग सब्जीको मात्रा बढाउनुहोस् । यसमा आइरन, भिटामिन्स, मिनरल्स र एन्टीबायोटिकको मात्रा अत्यधिक हुन्छ । यसले महिनावारी निरन्तर गर्न सहयोग गर्दछ ।
रौंः
१८ वर्षको उमेरमा महिलाको छाती, पेटलगायतका स्थानमा रौं निस्कन थाल्छ ।
तौल बढ्नुः
१८ वर्षको उमेरपछि महिलाको मेटाबोलिजम स्लो हुन्छ । जस कारण तौल बढ्ने समस्या निम्तिने गर्दछ ।
समाधानः
धेरै चिल्लो, पिरो र गुलियो खानेकुरा खानबाट बच्नुहोस् । दैनिक कम्तीमा पनि ३० मिनेट हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् । यसले तौल नियन्त्रणमा राख्दछ ।
कपालमा असरः
१८ वर्षपछि हर्मोनल परिवर्तनका कारण महिलाको कपाल रुखो हुने गर्दछ ।
समाधानः
तीन/चार चम्चा जैतुनको तेललाई मनतातो गर्नुहोस् । त्यसपछि कपाललाई मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाएर निचोर्नुहोस् र कपालमा बाँध्नुहोस् ।
डण्डिफोरः
१८ वर्षपछि युवतीको शरिरमा हर्मोन परिवर्तन हुने भएकाले डण्डीफोर र छाला रुखो हुने समस्या निम्तिन सक्छ ।
समाधानः
धेरै चिल्लो खानेकुरा नखानुहोस् । दिनमा दुई देखि तीन पटक सादा पानीले मुख धुनुहोस् । यसले अनुहारको चिल्लो नियन्त्रण हुन्छ र डण्डीफोरको समस्या हट्छ ।
रोगसँग लड्ने क्षमताको विकासः
१८ वर्षपछि हर्मोनमा हुने परिवर्तनका कारण महिलाको रोगसँग लड्ने क्षमताको विकास हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
-
बजेट स्वीकृत एउटा, लागत अनुमान अर्कै : विष्णुपुर धान प्रशोधन उद्योग स्थापनामा भ्रष्टाचार
-
सय दिनमा सरकारले जनतालाई खुसी बनाउने कुनै काम गरेन : ओली
-
राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण