बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तौल घटाउनका लागि शरिरमा लगाइन्छ आगो, निकै लोकप्रिय भइरहेछ यो पद्धती

मङ्गलबार, ०१ चैत २०७३, १५ : ४६
मङ्गलबार, ०१ चैत २०७३

चीनमा बस्ने ११ वर्षीय लि ह्यांगलाई एउटा अचम्मको रोग छ । यसलाई ‘प्रेडर विलि सिन्ड्रोम’ भनिन्छ । यो रोग लागेका मानिसहरुले अत्यधिक खाने गर्दछन् जसका कारण उनीहरुको तौल तिव्र रुपमा बढ्ने गर्दछ । यस्तै भएको छ लि ह्यांगसँग । उनको तौल १ सय ४७ किलो छ । तर उनले जसरी आफ्नो तौल घटाइरहेका छन् त्यो सुन्दा सायद तपाईंले विश्वास गर्नुहुन्न होला ।

लि आफ्नो शरिरको बोसोलाई ‘हुओ लियो’ उपचार पद्धतीमार्फत कम गरिरहेका छन् तर के तपाईंलाई यो उपचार पद्धतीमा के गरिन्छ भन्ने थाहा छ ?

लिको शरीरमा आगो लगाएर उपचार गरिँदै छ । चीनमा यतिबेला ‘हुओ लियो’ उपचार पद्धती निकै लोकप्रिय छ । शरिरको जुन भागमा अत्यधिक बोसो छ त्यसमा भिजेको रुमाल राखिन्छ र त्यसमाथि आगो लगाइन्छ जसका कारण बोसो पग्लिन्छ ।

यसका साथै लिमाथि कपिङ र अकुपंचरको पनि प्रयोग गरिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप