टन्सिल बिग्रँदा हुन सक्ने जटिलता यस्ता हुन्छन्
शनिबार, ०९ वैशाख २०७४, ११ : १२
डा. विष्णुरथ गिरी बालरोग विशेषज्ञ
घाँटीमा दुखाइको महसुस भएमा टन्सिलमा संक्रमण भएको हुन सक्छ, जसले गर्दा ज्वरो आउने तथा खोकी लाग्ने समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा टन्सिल अवलोकन गरियो भने टन्सिल रातो देखिन्छ । साथै, त्यहाँ चिप्लो ‘म्युकस’ वा पिपजस्तो पदार्थसमेत देखापर्न सक्छ । तर, संक्रमण नभई ठूलो मात्र भएको टन्सिलमा यस्ता कुनै लक्षण वा चिह्न देखिँदैन । कहिलेकाहीँ भने टन्सिलको आकार निकै ठूलो भइदिन्छ । मुख खोली हेर्दा पछाडिको फ्यारिङ्सको भित्तो नै छेकिने गरी दायाँ र बायाँ टन्सिल एक–आपसमा झन्डै टाँसिने गरी निस्किएका हुन्छन् । यस्तो अवस्थामा खान त गाह्रो हुन्छ नै, बोल्न पनि समस्या हुन सक्छ । टन्सिलकै कारण दैनिक काममा समेत अप्ठ्यारो पर्न सक्छ । टन्सिलको केयर नगर्दा हुन सक्ने समस्याका बारेमा बालरोग विशेषज्ञ डा. विष्णुरथ गिरी यसो भन्छन् :
बच्चालाई टन्सिल भएको छ भने विशेष ख्याल राख्नुपर्छ । निरन्तर टन्सिलले सताइराख्दा बच्चालाई बाथ मुटुरोग
लाग्न सक्छ ।
टन्सिलाइटिस (संक्रमण) जटिल भएमा टन्सिलको वरपर पिप जम्न सक्छ ।
टन्सिलमा संक्रमण भएमा सास गनाउने हुन सक्छ । केही समय सन्चो भए पनि फेरि टन्सिलमा संक्रमण दोहोरिरहन सक्छ ।
सबैभन्दा महत्वपूर्ण ‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाले संक्रमण गरेको रहेछ भने जवनभर मुटुमा समस्या गराउन सक्छ । यसको समयमै उपचार भएन भने केही समयपछि मुटुको बाथ हुन सक्छ र यसले ‘र्ह्युमेटिक हर्ट डिजिज’ गराई जीवनभर मुटुमा समस्या गराउन सक्छ ।
एकपट्टिको मात्र टन्सिल असामान्य रूपमा ठूलो देखिन्छ भने त्यो धेरैजसो जटिल नै हुन्छ । यसमा अन्य रोग लुकेको पनि हुन सक्छ । त्यसैले यस्तो अवस्था देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
-
डीबी कार्कीसहित नेकपाका ६ नेता एमाले प्रवेश
-
कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, जोखिम मोलेर हिँड्न बाध्य पैदलयात्री (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण