विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा
कैलाली, २५ वैशाख । नेत्रविक्रम चन्दनिकट अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।
अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा लगाई पक्राउ गरेको भन्दै शैक्षिक आम हडतालको घोषणा गरेको अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माले जानकारी दिए ।
पक्राउ परेका आफ्ना विद्यार्थी नेताको कुनै पनि संलग्नता नहँुदा नहुदै रिहाइ गर्नुको सट्टा उल्टो बाहनाबाजी गर्दै रिहाइ नगरिएकाले आजदेखि शैक्षिक हडतालको घोषणा गरिएको आइतबार जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।
कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले कैलाली सहसचिव रमेश साउँदलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको तर अञ्चल ब्युरो इन्चार्ज धामीलाई भने पक्राउ नगरिएको दाबी गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण