शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दाङमा मोबाइल सेवा प्रभावित

सोमबार, २५ वैशाख २०७४, १५ : ००
सोमबार, २५ वैशाख २०७४
ओपेन्द्र बस्नेत तुलसीपुर, बैशाख २५ –मोबाईलमा कुरा गर्दागर्दै विचमा नेटवर्क जाने (कट्ने) समस्याका कारण दाङमा हजारौं उपभोक्ता मर्कामा परेका छन् । नेपाल टेलिकमले वितरण गरेको पोष्टपेड, स्काई र प्रिपियड सिम र रिम प्रयोग गरेका मोबाइलमा यो समस्या देखा परेको उनिहरुले गुनासो गरेका छन् । करिब एक महिनादेखि दाङमा, मोबाईलमा कुरा गर्दागर्दै नेटवर्क जाने समस्या देखिएको उपभोक्ता रामबहादुर रेउलेले बताए । ‘आफुले मोबाइलमा फोन गर्दा वा कतैबाट फोन आएपछि कुरा गर्र्दा ४÷५ सेकेण्डसम्म आवाज सुनिदैन्, फोन कट्योकि भनेर हेरयो कटेको हुदैन, तर आवाज आउदैन उनले भने ।’ पैसा कटिहाल्ने तर कुरा नहुँदा आफु जस्ता हजारौं उपभोक्ताहरु अनाहकमा कुरा नगरेको पनि पैसा तिर्न बाध्य भएको उनले बताए । ‘कुरा गर्दा दोस्रो व्यक्तिले बोलेको केहि समय सुनिदैन, अर्का उपभोक्ता पदम केसीले भने, ‘कानमा मोबाइल लगाइरहयो अनि उसले कुरागरिहेको आवाज पुनः आउँछ ।’ दोस्रो पक्षले कुरा गरिरहने तर, अर्कोपक्षले नसुन्दा फेरी त्यहि कुरा दोहरयाउँदा दोहोरो खर्च हुने गरेको उपभोक्ताहरुले बताएका छन् । यता दुरसञ्चार कार्यालय तुलसीपुरले भने यसको विषयमा कुनै गुनासो नआएको बताएको छ । अहिलेसम्म कार्यालयमा यस्तो जानकारी नआएको भन्दै कार्यालय प्रमुख बलराम जोशीले यसको विषयमा के रहेछ बुझने बताए । ‘ट्राफिक जाम र सिष्टमको खराबीले पनि कहिले काँही यस्तो हुनसक्छ,’ जोशीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप