विश्व रेडक्रस दिवस कार्यक्रम सम्पन्न
सोमबार, २५ वैशाख २०७४, १९ : ४३

रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिनको अवसर पारेर मनाइने विश्व रेडक्रस दिवस, आज सोमबार अर्थात मे ८ का दिन मनाइएको छ । ‘रेडक्रस: सबै ठाउँमा, सबैका लागि भन्ने नाराका साथ देशभरि मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहको सोसाइटीका कार्यवाहक अध्यक्ष अजितकुमार शर्माले रेडक्रसको झण्डोत्तोलन गरी शुभारम्भ गरेका थिए ।
कार्यत्रममा सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश परेका थिए ।
सोही अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पकेट र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स ले विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रसको अमूल्य योगदान रहेको बताए ।
आजै केन्द्रीय कार्यालयमा सोसाइटीको केन्द्रीय जुनियर युवा समितिका सभापति सपूतबहादुर कार्कीको अध्यक्षतामा युवाहरुसँगको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्तक्र्रिया कार्यक्रममा मेरो वर्ष २०७४ को पाँच मूल स्वास्थ्य व्यवहारको बारेमा स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारी, नेपाल सरकारको युवा नीतिका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलिया र अधिकृत नीता शर्मा तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कर्णबहादुर भुवाजीले युवा परिषद्का गतिविधिसम्बन्धमा प्रस्तुत ी रहेको थियो ।
यस्तै संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका श्रेया पन्तले दीगो विकासका लक्ष्य र युवाको भूमिका तथा नेपाल रेडक्रस सोसाइटीका उप निर्देशक बालकृष्ण सेढाईंले युवा संलग्नता विषयमा बोलेका थिए ।
युवाहरुबाट आएका जिज्ञासाहरुलाई सरकारी प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले सम्बोधन गरिएको थियो
दिवसकै उपलक्ष्यमा आजै नेपाल रेडक्रस सासाइटी कर्मचारी कल्याण कोषद्वारा केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी र कर्मचारी, काठमाडौं उपत्यकाका जिल्ला शाखाका प्रतिनिधि र युवा सर्कलका प्रतिनिधि एवं रेडक्रसको अन्तर्राष्ट्रिय समिति र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रनितिधिहरु गरी २ सय ५ जनाको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले २०७४ बैशाख १ गते शुभारम्भ गरेको “मेरो वर्ष २०७४–म स्वस्थ, मेरो देश स्वस्थ अभियान” को नेपाल रेडक्रस सोसाइटीले पनि विश्व रेडक्रस दिवसको अवसर पारेर आजैबाट यसको प्रवद्र्धन शुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रलाई विष्णु रिमालको सुझाव : सजग रहनुहोला, बिजुली गयो भन्ने ‘न्यारेटिभ’ बनाइँदै छ !
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
संसद्मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय
-
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : सांसद शाही
-
सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै