शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गोरखा पुगेर बाबुरामले भने– जेठ १५ अघि नै बजेट ल्याउनुपर्छ

मङ्गलबार, २६ वैशाख २०७४, १२ : ००
मङ्गलबार, २६ वैशाख २०७४
गोरखा, वैशाख २६– नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बबताएका छन् । मतदातासँग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुगेका डा भट्टराईले आज पत्रकारसँग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेको आरोप लगाए । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुण्डागर्दी र अपराधीकरणमा उत्रेको दोषारोपण पनि उनले गरे । अर्को प्रसङ्गमा उनले उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि एकीकरणबारे छलफल हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप