रामदेव : सलवार सुटदेखि राष्ट्रवादी बर्गरसम्म
अनिल यादव/बिबिसी
औद्योगिक घरानाहरुको उत्पादन किन्न प्रेरित गर्ने पन्चलाइन यतिबेला आध्यात्मिक बनेको छ ।
योग गुरु रामदेवले उद्योगमा योगको खोज गरेका छन् । उद्योगको अन्तिम छेउमा योग पनि कहिलेदेखि लुकेको थियो, कसैले पत्तै पाएका थिएनन् ।
मुक्तिभन्दा जरुरी माया
यी महर्षि पताञ्जली योग दर्शनको माध्यमबाट मुक्तिको बाटो खोज्न हिँडेका थिए । तर, बाटोमा उनलाई लाग्यो कि मुक्तिभन्दा जरुरी माया हो जसको प्रयोग गरेर एउटा पूरा देशलाई गरिबीबाट मुक्त गर्न सकिन्छ ।
मेड इन भारत
यसका लागि केही खास गर्न जरुरी थिएन, मात्र आफ्नो उत्पादनमा लेख्नु थियो – ‘मेड इन भारत’ । अतः उनले महर्षिलाई एक ब्राण्डमा बदलिदिए, फ्याट्रीहरु लगाए र अहिले यो मायाको टर्नओभर यति धेरै भएको छ कि अबको पाँच वर्षमा अन्तराष्ट्रिय कम्पनीहरुलाई भारतभूमिबाट भारतबाट भगाउने उद्घोष गर्दै स्कूल र रेस्टुरेन्टसम्म खोल्ने तयारी गरेको छ ।
बाबाको आध्यात्मिक पहेली
जब तपाईं आफै बर्गरदेखि लिएर ज्ञान र गौमुत्रसम्मको व्यापार गर्दै मल्टिनेशनल हुन चाहनुहुन्छ भने तपाईं अन्तर्राष्ट्रिय कम्पनीहरुलाई किन भगाउन चाहनुहुन्छ ?, यो एउटा आध्याम्मिक पहेली बनेको छ । विदेशी कम्पनीहरुले के यस्तो गरिरहेका छन्, जुन देशी कम्पनीहरुले गरेका छैनन् ?
आखिर देशी कम्पनीहको मिलवाट र जालसाजीले नै बाबा रामदेवलाई बनाएको हो । कम मिलावट र केही सस्तो बनाएको कारण नै त उनले उपभोक्ताको विश्वसनीयता जितेका हुन् ।
तड्का योग
मायाको यस चमत्कारिक प्रगति एक नयाँ प्रकारको योगको आविष्कारका कारण सम्भव भएको हो जसलाई तड्का योग भनिन्छ । राजनीतिमा मोदी युगभन्दा पहिले तड्का भ्रष्टाचार थियो जसलाई रोमाञ्चकारी बनाउन बाबा दिल्लीको रामलीला मैदानमा सलवार सुट लगाएर देखा परेका थिए ।
राष्ट्रऋषिको उपाधि
यसपटक तड्का प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रऋषिको उपाधि दिएर उनले आध्यात्मिक परम्परामा लगाएका छन् ।
ऋषिहरुले वसुधैव कुटुम्बकम मानेका थिए, उनीहरुको चिन्तन एउटा देशको हदबन्दीमा समाउँदैन थियो, उनीहरु समाजभन्दा बाहिर जंगलमा जान्थे ताकि ब्रम्हाण्डसँग आफ्नो एकरुपता महसुस गर्न सकून् ।
यस्तो राजर्षि उपाधि बनारसको पण्डितले एक अर्का प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई दिएका थिए । जसले पिछडिएकाका लागि आरक्षणको कानुन लागु गर्ने बित्तिकै गंगामा खस्ने फोहोरको नालामा बगेर गएको थियो ।
यस योगमा आफ्नो दृष्टि चालू राजनीतिक वाक्यांशहरुमा स्थिर राख्नुपर्छ र यसको प्रयोग गरेर आफ्नो व्यापारलाई अन्यभन्दा पवित्र र महान बताउन गर्नुपर्छ ।
हिन्दु राष्ट्र र गौमाताको हावा
अहिले हिन्दु, राष्ट्र, गौमाता र सेनाको हावा छ त्यही भएर व्यापारबाट नाफा भन्दा पनि यिनीहरुको सेवाको लागि गरिनेछ ।
बाबा गर्व गरेर भन्छन् कि उनी सैनिक स्कूल खोल्न गइरहेका छन् जसमा देशको रक्षा गर्दा शहीद भएका सैनिकहरुका बच्चालाई निःशुल्क शिक्षा दिइनेछ । तर, त्यहाँ यो कुरा उल्लेख गरिदैन कि जीवित सैनिक र सामान्य मानिसका बच्चको शिक्षाको लागि कति भाउ तिर्नुपर्छ ।
बाबा आफ्नो व्यापार विस्तार गरेर राष्ट्रलाई आर्थिक रुपमा सबल बनाउन चाहन्छन् र नाफाको एक हिस्सा गौ–सम्बर्धनमा खर्च गर्नेछन् । जबकी गोरुहरुको प्रयोग खेतमा प्रयोग हुन छाडिसकेको छ, उनीहरुलाई के गरिनेछ त्यसको उल्लेख गरिँदैन ।
प्रतीकात्मक राजनीति
यदी बाँकीलाई पोलिथिन खान छोडर केही सय–पचास गाईहरुको सम्बर्धन गरियो भने पुष्ट गोरुहरुलाई गौरक्षकको अगाडि प्रदर्शन गर्न सकिनेछ जुन प्रतीकात्मक राजनीतिमा निकै उपयोगी हुनेछ ।
यस व्यापारमा सबैभन्दा कामको भनेको हिन्दु कलरको भजन हो जुन बाबाले उपाधि दिँदा प्रधानमन्त्रीको अगाडि गाएर सुनाएका थिए, ‘भगवना आर्यो को ऐसी लगन लगा दे, देश और धर्म के खातिर मिटना इन्हे सिखा दे ।’
अर्थात् ‘हे, भगवान आर्यहरुलाई लगन देऊ, उनीहरुलाई देश र धर्मका लागि मर्न सिकाइदेऊ ।’
तर उनले गैर आर्यसँग घुलमिल भएर अर्कै नश्लको बनिसकेको भारतको ठूलो जनसंख्यासँग भगवानले आखिर के गरुन् भनेर चाहीँ भनेका छैनन् जसबाट उनीहरुलाई पनि यस्तै लगन पैदा होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण