रात्रिबस पल्टिँदा चालकको मृत्यु, आठजना घाइते
दमौली, २९ वैशाख । तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उपचारका क्रममा उनको राति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्लागण्डकी नपा–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीको बेनीबाट काठमाडाँै जाँदै गरेको वा ३ ख ९६२६ नंको बस दुर्घटनामा परेको हो । तीव्रगतिमा गुडेका कारण सो बस अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण