पन्त र लामिछाने पोर्चुगल आउँदै
पोर्चुगल, बैशाख २९ – गैह्रआवासीय नेपाली संघ अन्तर्रा्िष्ट्रय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त र गैह्रआवासीय नेपाली संघ संरक्षक जिवा लामिछाने पोर्चुगल आउने भएका छन् ।
उनीहरुका साथमा गैह्र आवासीय नेपाली संघ जर्मनीका निबर्तमान अन्तर्रा्ष्ट्रिय समन्वय परिषद सदस्य एबं नागरिक्ताको निरन्तरता सम्बन्धी कार्यदलका सदस्य सन्तोष भट्टराई र गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका पूर्व सल्लाहकार सुभाष पोखरेल लगायतका ब्यक्तित्वहरु पनि पोर्चुगल भ्रमणमा आउने भएका छन् ।
गैह्रआबासीय नेपाली संघ पोर्चुगलले उक्त अबसरमा अतिथिहरुको स्वागत सम्मान तथा ’’नेपाली नागरिकताको निरन्तरता र राष्ट्र निर्माणमा एनआरएनको भूमिका’’ बिषयमा अन्तरकृया कार्यक्रम आयोजना गर्ने भएको छ ।
गैह्र(आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय परिषदका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक जिवा लामिछाने ज्यू बाट लिखित बहुचर्चित यात्रा साहित्यको पुस्तक ’’सरसर्ती संसार’’ को समिक्षा तथा लेखकसंग साक्षात्कार कार्यक्रमको समेत आयोजना गरेको छ उक्त साहित्यिक कार्यक्रम भने अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र गैह्र(आबसिय नेपाली संघ पोर्चुगलले संयुक्त रुपमा आयोजना गर्ने भएको हो ।
१४ मे २०१७ आईतवार दिउँसो लिस्बनको आन्जुसस्थित जिनासियो क्लबको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा आयोजकले पोर्चुगलस्थित क्रियाशील सम्पूर्ण संघसंथाहरु, समाजसेवीहरु, ब्यबसायीहरु तथा पत्रकारहरु लगायत इच्छुक व्यतित्वहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण