जिल्ला अस्पताल रोल्पाको मुहार फेरिँदै
लिबाङ (रोल्पा), २९ वैशाख । जिल्ला अस्पताल रोल्पाको मुहार फेरिने भएको छ । यही आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तभित्र अस्पताल मर्मत सम्भार पूरा गर्नका लागि २०७३ साल चैत २२ गते स्वास्थ्य सेवा विभागबाट रु एक करोड दश लाखको बजेट सुनिश्चितता प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत रहेको अस्पतालको मुहार फेरिन लागेको अस्पतालले जनाएको छ । यसमध्ये रु एक करोड जिल्ला अस्पताल मर्मत सम्भारमा खर्च हुनेछ भने बाँकी रु १० लाख जिल्लाका जुनसुकै हेल्थ पोष्टहरुमा प्राथमिकता निर्धारणका आधारमा मर्मत सम्भार गरिने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए । उहाँका अनुसार विभागबाट प्राप्त बजेटमार्फत अबको केही समयपछि अस्पतालको प्रत्येक भवनको भित्ता प्लास्टर गरिनेछ, प्रत्येक भुइँमा टायल लगाइनेछ, प्रत्येक चुहिने छाना मर्मत हुनेछन् भने छानामुनि प्लाइउड लगाइनेछ । अस्पताल परिसरमा क्यान्टिन निर्माण हुनेछ भने अस्पताल परिसरको केही भागसमेत प्लास्टर गरिने भएको छ ।
डा शर्माका अनुसार निर्धारित समयमा बजेट प्राप्त हुनसके तोकिएको समयावधिभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसैबीच डा शर्माले जिल्ला अस्पतालका लागि विभागले बजेट छुट्याएको सकारात्मक भएको बताउँदै खुसी व्यक्त गरेका छन् । यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका लेखाअधिकृत लुमप्रसाद ढकालका अनुसार बजेट सुनिश्चितताको पत्र प्राप्त भएको आधारमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पाबाट इस्टमेट तयार भई मिति २०७४ साल वैशाख ६ गते राष्ट्रिय समाचारपत्रमा टेन्डर आह्वानका लागि ३० दिने सूचना प्रकाशन भइसकेको छ भने सूचना प्रकाशनको जानकारी गत वैशाख ११ गते स्वास्थ्य सेवा विभागमा गराइसकिएको छ । उनका अनुसार विभागको सुनिश्चितताको पत्र प्राप्त भएको आधारमा टेन्डर आह्वानको सूचना प्रकाशन गरिएको हो । तर हालसम्म पनि सुनिश्चित गरिएको बजेट आइनपुगेको र निर्धारित समयमा बजेट नआएमा ठेक्का सम्झौता तथा निर्धारित काममा समस्या भई काम सम्पन्न गर्न नसकिने उनको गुनासो छ । स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले टेन्डर बन्द भएर सम्झौता हुँदासम्म बजेट अवश्य आइपुग्ने बताउनुभएको छ । नयाँ काम नभई मर्मत सम्भारको काम मात्र भएको हुँदा करिब दुई महिनामा गुणस्तरीय काम सम्पन्न हुनसक्ने उहाँले बताउनुभयो । बजेटकै कारण काम रोकिँदैन तपाईंहरु निर्धारित समयमा काम थाल्नुस्, उहाँले भन्नुभयो । सधैँ राज्यबाट उपेक्षा गरिएको रोल्पामा मन्त्रालयबाट ठूलो राशिको बजेट आउँदा रोल्पाली जनता निकै हर्षित बनेका छन् । यसैगरी, क्रमश जिल्ला अस्पतालको स्तरोन्नति हुनसके रोल्पाली जनता ठूलो धनराशि खर्चेर बाहिर जानुपर्ने थिएन भने उपचार अभावका कारण रोल्पाली जनताले मृत्युवरण गर्नुपर्ने थिएन भन्ने रोल्पालीको अपेक्षा छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण