शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुरानो कथा ‘पञ्जायत’लाई सेन्सरको अंकुश

शुक्रबार, २९ वैशाख २०७४, ११ : ३०
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौं, बैशाख १९ –२०३१ सालको कथामा निर्माण भएको चलचित्र ‘पंचायत’ निर्माण पुरा भएको छ । चलचित्रले तत्कालिन अबस्थामा स्कुलमा गाईने राष्ट्रिय गानलाई समेत प्रयोग गरिएको छ । केही दिन अगाडि चलचित्रले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएकोमा लेखक तथा निर्देशक शिवम अधिकारी आक्रोसित बनेका छन् । विदेशका फेष्टिवलदेखि अस्कारसम्मको हिसावले चलचित्र निर्माण गरेको बताउने निर्देशक अधिकारीले चलचित्रको सेन्सरले यो यात्रामा रोक लगाउने काम गरेको बताए । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतमिा निर्माण गरिएको हो । चलचित्रलाई शुशान्त श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेका हुन् । चलचित्रमा निता ढुंगाना र सरोज खनालको मुख्य भूमिका रहेको छ भने गणेश गिरी, गीता अधिकारी, रुपा राना, जाहन्वी बस्नेत, विशाल पहरी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ । चलचित्र फागुनबाट प्रदर्शनमा आउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप