निर्मलबाट पत्रकार उपचार कोषलाई ५०,०००
विर्तामोड, २९ वैशाख । झापा विर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले ”पत्रकार सहारा उपचार कोष”का लागि रु ५० हजार प्रदान गरेका छन् । विर्तामोड– ५ निवासी भट्टराईले आज उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
निर्मल नेपाल अलँैची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाका उपसभापति हुनुहुन्छ । घाइते तथा बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन महासङ्घले थालेको अभियानको उनले सराहना गरे । नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोषमा रु एक करोड पु¥याउने लक्ष्य लिएको छ ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको महासङ्घका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताए । महासङ्घका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीकाअनुसार कोषमा दाताको नाम आजिवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने तर त्यसको ब्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण