शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द

शुक्रबार, २९ वैशाख २०७४, १२ : ३७
शुक्रबार, २९ वैशाख २०७४

नवलपरासी, २९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नवलपरासीमा पनि नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने भएको छ । निर्वाचन सुरु हुन भन्दा २४ घन्टाअघि यहाँकोे त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रानाकाअनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने २४ घन्टा नाका बन्द गर्ने सहमति भएको हो । पहिलो चरणमा नवलपरासीको प्रदेश नं– ४ मात्र निर्वाचन हुदँैछ । तसर्थ प्रदेश न– ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र शिल गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप