शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीको अपराध फाइलः यस्ता छन् ८ घटना

शुक्रबार, २९ वैशाख २०७४, १३ : ५७
शुक्रबार, २९ वैशाख २०७४

काठमाडौं, बैशाख २९– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार शुक्रबार देशभर भएका घटनाको विवरण यस्तो छ

१ हत्याको अभियोगमा पक्राउ : संखुवासभा– मकालु गाउँपालिका–५ चोक्टे बस्ने ४९ वर्षीय पृथ्वीबहादुर लामाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय मोनसिंह तामाङ भन्ने रामबहादुरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने तामाङले धारिलो हतियार प्रहार गर्दा लामाको घटनास्थलमैे मृत्यु भएको हो । घटना पश्चात् फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा मकालु गाँउपालिका–५ च्याम्ताङ स्थित उनकी छोरीको घरबाट प्रहरीले पक्राउ गरेको हो । २ यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ काठमाडौं– सुर्खेत हरिहरपुर–६ घर भएका ४२ वर्षीय दुर्गाबहादुर सुवेदीलाई १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहिबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मित्रनगर स्थित एम.डि.गेष्ट हाउसको तेश्रो तलाको १०६ नम्बरको कोठामा बस्दै आएका सुवेदीले उक्त गेष्ट हाउसमा वेटर काम गर्ने महिलालाई कोठा सफा गर्न गएको मौका छोपी कोठाको चुक्कुल लगाई यौन दुव्र्यवहार गरेको र होटल सञ्चालकले उक्त कोठा खोल्न लगाउँदा महिला बेहोश भएको अवस्थामा फेला परेकी हुन् । ३ बन्दुक सहित पक्राउ  भोजपुर– भोजपुर नगरपालिका–१ बस्ने ३४ वर्षीया एकेन्द्र भुजेललाई घरमा राखेको १ थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । ४ लागू औषध सहित पक्राउ  ललितपुर– महानगरपालिका–३ महाराजगंज बस्ने ३१ वर्षीय करण खड्गी र सिन्धुपाल्चोक ठुलोसिरुवारी–३ घर भई भक्तपुर सूर्यविनायक बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठलाई अवैध लागूऔषध डाईजापाम, नुर्फिन र फेनारगन एम्पुल २ सय २५ थान सहित बैशाख २६ गते प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धी स्थित सडकमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा बा.६१ प ६१३१ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खड्गी र श्रेष्ठको साथबाट उक्त लागू औषध बरामद भएको हो । ५ डुबेर मृत्यु जुम्ला – गोठीचौर गाउँपालिका–३ स्थित स्याउ फार्ममा रहेको पोखरीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने नरेश भण्डारीको ९ वर्षीय छोरा बिधानबहादुर भण्डारी डुबेर बेहोस भएकाले उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । ६ भीरबाट खसेर मृत्यु सल्यान– शारदा नगरपालिका–१० बलेखर्क बस्ने ४५ वर्षीय खुमबहादुर कुवँर बिहीबार कालिका आदी मदना मतदानस्थलबाट मतदाता परिचय पत्र लिई फर्कने क्रममा सोही ठाउँमा रहेको बाँझभिरबाट करीब ३ सय मिटर तल खस्दा गम्भीर घाईते भएकाले जिल्ला अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ७ माटोको ढिस्कोले पुरिएर मृत्यु  प्युठान – प्यूठान नगरपालिका–३ सेपुङमा घर पोत्ने माटो खन्ने क्रममा बिहीबार माटोको ढिस्को खस्न गई पुरिएर सोही ठाउँ तिम्लेपाटा बस्ने २८ वर्षीय पिमा खड्काको घटनास्थलमै मृत्यु भएको छ । ८ सवारी दुर्घटनामा मृत्यु  सिराहा : धनगढीमाई नगरपालिका–१० महेन्द्र राजमार्ग स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले नाम, थर, वतन नखुलेका तराईबासी जस्तो देखिने करीब ४० वर्षीय पैदलयात्रीलाई शुक्रबार ठक्कर दिई गम्भिर घाईते बनाएकोले उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ । हुम्ला : सिमिकोट गाँउपालिका–६ स्थित चिसामुल स्थित सडकमा लु २ त २०७२ नम्बरको ट्याक्टरबाट लेवरहरु खस्दा बाजुरा गोत्री–३ घर भएका ३५ वर्षीय जगत परियारलाई पछाडीको टायरले किचेर उनको बिहीबार घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ । सिन्धुली : फिक्कल गाँउपालिका–४ स्थित मध्य पहाडी लोकमार्गमा बैशाख २६ गते बा.१५ च ३९१९ नम्बरको बलेरो जिपबाट तल झर्ने क्रममा सोही ठाउँ बस्ने ३१ वर्षीय गोविन्द भुजेल लडेर गम्भीर घाईते भएकाले घुर्मिबाट धुलिखेल अस्पताल काभ्रे हुँदै कान्तिपुर अस्पताल सुविधानगर काठमाडौ लगेकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । गाडी र चालकलाई अस्थाई प्रहरी पोष्ट खाङसाङले नियन्त्रणमा लिइएको छ । गुल्मी : ईश्मा गाँउपालिका–४ दोली स्थित तम्घासबाट खाद्यान्न ल्याई ईश्मा आउँदै गरेको लु.१ च ६६८४ नम्बरको जिप बाटोबाट करीब १५० मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया । सोही ठाउँ बस्ने २७ वर्षीया हुमकला बि.क.समेत ४ जना घाईते भएकाले उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । धादिङ :  त्रिपुरासुन्दरी गाँउपालिका–१ खोल्ची स्थित सडकमा ग.१३ प ३०६० नम्बरको स्कुटरलाई बा.३ ख ३५५९ नम्बरको ट्रकले बिहीबार पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ३० वर्षीय रमेश श्रेष्ठ र पछाडी सवार उनकी २६ वर्षीया श्रीमती सुनिता श्रेष्ठ गम्भिर घाईते भएकाले दुवै जना घाईतेलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र सल्यानटार पठाएकोमा रमेशको उपचारको क्रममा मृत्यु भएको छ । सबै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप