बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपा अध्यक्ष थापाद्वारा मतदान, भने - '२० वर्षपछि मतदान गर्न पाएकोमा हर्षित छु' (भिडियो)

आइतबार, ३१ वैशाख २०७४, ०८ : ३७
आइतबार, ३१ वैशाख २०७४

हेटौँडा , ३१ वैशाख । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

आज बिहान ७ बजेर ४० मिनेट जाँदा उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नयाँ संविधानले संरचना गरेको स्थानीय तहको निर्वाचनमा आफूले पनि २० वर्षपछि मतदान गर्न पाएकोमा हर्ष व्यक्त गर्दै मतदाताले पनि राष्ट्रको स्थायी शान्ति र प्रजातन्त्र सुदृढीकरणका लागि मतदानमा भाग लिनुपर्ने धारणा राखेका हुन् ।

यसैबीच गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नं १८ दोभानचौरमा रहेको कमला निम्नमाध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आज बिहान मतदान गरेका छन् ।

जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप