बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चर्चित अनुहार : कसले कहाँबाट मतदान गरे ? (फोटो/भिडियो)

आइतबार, ३१ वैशाख २०७४, ०९ : ०३
आइतबार, ३१ वैशाख २०७४

काठमाडौँ, वैशाख ३१ – आइतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । तीनवटा प्रदेशमा हुन लागेको निर्वाचनमा उत्साहजनक सहभागित देखिएको छ ।

बिहानैदेखि मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न आ–आफ्नो निर्वाचन केन्द्रमा पुगेका छन् । मताधिकार प्रयोग गर्नेमा चर्चित अनुहारहरु पनि देखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।

मतदानका लागि उनी शनिबार परिवारसहित यहाँ आएका हुन्। उनका छोरी रेणु दाहाल र गङ्गा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् । श्रीमती सीता दाहालको भने शिवनगरस्थित निमावि शान्तिपुरमा केन्द्र परेकाले मतदान गर्दै छिन् ।

ओलीले गरे भक्तपुरबाट मतदान

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन अन्तर्गत आइतबार भक्तपुरको बालकोबाट मतदान गरेका छन् ।

झापाबाट मतदाता नामवाली सारेका उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट केही बेरअघि मतदान गरेको उनको स्वीकय सचिवले जानकारी दिए।

राप्रपा अध्यक्ष थापाद्वारा मतदान

राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । आज बिहान ७ बजेर ४० मिनेट जाँदा उनले मतदान गरेका हुन् ।

रामचन्द्र पौडलले मतदान गरे नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

डा. बाबुराम भट्टराईद्वारा मतदान

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

गोरखा पालुंगटार नगरपालिका–१ स्थिति अन्नपूर्ण माविको बुथमा पुगेर उनले मतदान गरेका हुन् ।

राष्ट्रकवि घिमिरेद्वारा मतदान

दुई दशकपछि भइरहेको ऐतिहासिक स्थानीय तहको निर्वाचनमा राष्ट्रकवि माधव घिमिरे पनि सहभागी भएका छन् ।

राष्ट्रकवि घिमिरेले आइतबार स्थानीय तहको निर्वाचनका लागि काठमाडौ लैनचौरको कन्या मावि मतदान केन्द्रबाट मतदान गरेहका हुन् ।

स्वास्थ्य मन्त्रीद्वारा मतदान

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० अन्तर्गत मैतिदेवी केन्द्रमा मतदानका लागि पुगेका स्वास्थ्यमन्त्री थापालाई मतदान गरेका छन् ।

किशोर थापाले गरे मतदान

काठमाडौँको मेयरका प्रत्यासी तथा साझा पार्टीका उम्मेदवार किशोर थापाले सपरिवार मतदान गरेका छन् ।

नारायणमान बिजुक्छेद्वारा मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् ।

भक्तपुर दरबारक्षेत्रमा रहेको विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका बिजुक्छेले बीस बर्षपछि स्थानीय जनप्रतिनिधि चयनका लागि भएको मतदानले प्रजातन्त्र सुदृढ पार्ने विश्वास व्यक्त गरे ।

उनले स्थानीय जनप्रतिनिधि चयन पछि स्थानीय तहको विकास निर्माणको गति बढ्ने भएकाले जनताले आफ्ना जनप्रतिनिधि राम्रो संग छान्नेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिए ।

रविन्द्र अधिकारीद्वारा मतदान

एमाले नेता रविन्द्र अधिकारीले पोखरा लेखनाथ ३३ को शान्ति उदय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

योगश भट्टराईद्वारा मतदान

एमाले सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिका–२९ डिल्लीबजारस्थित कन्या क्याम्पस केन्द्रमा बिहान ८ः१५ बजे मतदान गरेका छन् ।

रञ्जु दर्शनाले गरिन् मतदान

काठमाडौँको मेयर पदको प्रत्यासी रहेकी विवेकशील नेपालीकी उम्मेदवार रञ्जु दर्शनाले पनि मतदान गरेकी छिन् ।

राजुराज जोशीले गरे मतदान

काठमाडौँ महानगरपालिकाको महानगरप्रमुखका काँग्रेसका उम्मेदवार राजुराज जोशीले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

माओवादी केन्द्रका अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दै छन् । जिल्लाको अर्को नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मतदान गर्दै छन् । उनले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नेछन्। एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै छन् ।

यसैगरी जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष साध्यबहादुर भण्डारीले भरतपुर महानगरपालिका वडा नं १ को बालकुमारी कन्या स्कुल केन्द्रबाट मतदान गर्दै छन् ।

सेलिब्रेटीहरुले पनि मतदान गरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप