उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परिक्षण, दक्षिणका नयाँ राष्ट्रपतिमाथि दबाब
एजेन्सी
सियोल, वैशाख ३१ – दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले सपथग्रहण गरेको केही दिनमा नै उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रको परिक्षण गरेको छ ।
उत्तर पश्चिममा रहेको कुसोङबाट परिक्षण गरिएको क्षेप्यास्त्र जापानको समुद्रमा खसेको बताइन्छ ।
यसले उत्तरसँग सम्बन्ध सुधारको कुरा गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनमाथि दबाब परेको छ ।
यस वर्ष उत्तर कोरियाले श्रृंखलाबद्ध क्षेप्यास्त्र र परमाणु परिक्षण गरिरहेको छ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा खलबली मच्चिएको छ ।
गत महिना मात्र उत्तर कोरियाले दुईवटा परिक्षणको प्रयास गरेको थियो । तर, दुवै असफल बनेको थियो ।
क्षेप्यास्त्र परिक्षणपछि सुरक्षा परिषद्को आपतकालिन बैठक बोलाउँदै उत्तरको उक्त कदमको विरोध गरेका छन् ।
दक्षिण कोरिया उत्तरसँग संवादको लागि खुला रहेको बेला उत्तरले पनि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने मुनको भनाई रहेको उनका प्रवक्ताले बताएका छन् ।
जापानका रक्षामन्त्रीले आज गरिएको क्षेप्यास्त्र परिक्षण उत्तर कोरियाको पूर्व तटबाट ४ सय किलोमिटर पर खसेको थियो । यो नयाँ प्रकारको क्षेप्यास्त्र परिक्षण भएको आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण