बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोलखाका दुई मतदान केन्द्रमा शुरु भएन, सिन्धुपाल्चोकको एक ठाउँमा अवरुद्ध

आइतबार, ३१ वैशाख २०७४, १० : १२
आइतबार, ३१ वैशाख २०७४

दोलखा, बैशाख ३१ – दोलखाका केही मतदान केन्द्रमा दलहरुवीच देखिएको विवादका कारण मतदान सुरु हुन ढिलाई भएको छ ।

तामाकोशी नगरपालिकाको अमर उमावि र विगु गाँउपालिकाको थिम्पु मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो । दुई गठबन्धन (कांग्रेस –माओवादी केन्द्र) र (एमाले र राप्रपा) बीचको झगडाले दोलखका दुई केन्द्रमा मतदान अवरुद्ध भएको बताइएको छ ।

यता, जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।

त्यस्तै एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेका छन् । यसैबीच सिन्धुपाल्चोकको इन्द्रावति गाँउपालिकाको वडा नं ५ को राजेश्वरी उच्च मावि मतदान केन्द्रमा पनि विवादका कारण मतदान रोकिएको छ ।

वृद्धलाई इच्छाएको व्यक्तिले चाहेको ठाँउमा मतदान गर्न नदिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेपछि मतदान रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप